ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिलिपिन्समा आएको आँधीका कारण १८० जनाको मृत्यु


admin
पुस ९, २०७४ आईतबार  १२ : ३४ बजे


काठमाडौं, ९ पुस । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ ।

दक्षिणी फिलिपिन्समा आएको उष्णप्रदेशीय आँधीका कारण मानवीय तथा भौतिक क्षति भएको छ । अझै पनि १२ जनाभन्दा बढि मानिस हराइरहेको सरकारी अधिकारीले बताएका छन् । आँधी बेहरीका कारण सबैभन्दा बढी फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्दानाओ टापु प्रभावित भएको छ । टेम्बिन नामको उष्णप्रदेशीय आँधी ८० मिलीमिटर प्रति घण्टाको गतिमा मिन्दानाओबाट दक्षिणमा पर्ने पलावानतर्फ अघि बढेको छ । बाढीले मिन्दानाओ टापुका केही गाउँ नै बगाएको छ । हराइरहेकाको खोजी भैरहेको फिलिपिन्सका अधिकारीले बताएका छन् । सरकारले आँधीका कारण प्रभावित क्षेत्रमा आपकालीन अवस्था घोषणा गरेको छ ।

यसैबिच, फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा २५ जनाभन्दा बढीको मृत्यु भएको छ । राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा आगलागी भएको हो । सपिङ मलको चौथो तलामा रहेको कल सेन्टरमा रहेका धेरै कर्मचारीको मृत्यु भएको हुनसक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कलसेन्टरमा फसेका कर्मचारीको जीवित रहने सम्भावना शून्य रहेको सरकारी अधिकारीले बताएका छन् । आगलागीको कारणबारे अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com