काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको छ । आइतबार विज्ञप्ति निकाल्दै उहाले भन्नुभएको छ , ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’ बहुमत गुमाएको तथ्य बुझेर नै मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव छलेको आरोप देउवाले लगाउनुभएको छ । ‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन, देउवाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्