ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लापरवाहीले आगामी दिनमा ठूलो संकट आउनसक्ने युनिटका संयोजक डाक्टर पुन र डा. दिक्षितको चेतावनी (भिडियो सहित)


एबीसी / संवाददाता
बैशाख १२, २०७८ आईतबार   २ : ०१   बजे

काठमाडौं, १२ बैशाख । विश्वव्यापीरुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस महामारीको असर छिमेकी मुलुक भारतलगायत नेपालमा पनि ब्याप्त हुदै गएको छ । सरकारले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्यरुपमा अप्नाउन तथा २५ जनाभन्दा बढी भेला भई कुनै सभा, समारोह र भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेपनि यसको कार्यान्वयन भने सरकारी पक्ष्ँबाटै भएको छैन ।

सरकार र शीष राजनीतिक दलहरु नै विभिन्न कार्यक्रमहरु गर्दै कोरोना भाईरस संक्रमणको जोखिम बढाईरहेकोप्रति स्वास्थ्यकर्मीहरुले चिन्ता प्रकट गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमितको संख्या दैनिक तीन लाखभन्दा बढी छ । नेपालमा दैनिक २५ सयभन्दा बढीको संख्यामा कोरोना संक्रमितदर बढ्दैछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य प्रोटोकल अनिर्वायरुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला भई कुनैपनि भीडभाडजन्य कार्यक्रम नगर्न बताउदै आएको छ । तर, हजारौंको संख्यामा हुलहुज्जतको गतिविधि भने अतिप्रभावित भनिएको उपत्यकासहितका विभिन्न जिल्लामा जारी नै छ । छिमेकी मुलुक भारतम कोरोना महामारी नियन्त्रणबाहिर गईसकेको अवस्थामा नेपाल पनि देखिएको चरम् लापरवाहीले आगामी दिनमा ठूलो संकट आउनसक्ने चिन्ता स्वास्थ्यकर्मीहरुलाई बढेको छ ।

एबीसीका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रमकोलागि गरिएको कुराकानीमा टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनले सरकारका निर्देशनहरु कार्यान्वयन गराउने पक्षहरुले थप सजगताकासाथ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सके समाजमा पनि सकारात्मक छाप पर्ने बताउछन् । सरकारले कोरोना नियन्त्रणका लागि अपिल गरेको निर्देशिका पालना नभएकोप्रति डाक्टर पुनले चिन्ता व्यक्त गरे ।

कोरोना महामारीले भयावह रुप लिएकै अवस्थामा हजारौंको उपस्थितीमा विस्केट जात्रा भयो । धार्मिक, सांस्कृतिक र सामाजिक जनजीवनमा कोरोनाबारेको सचेतना बढ्न नसक्दा कोरोना भाईरसको जोखिम थप निम्त्यिो । पछिल्लो समय हजारौंको खचाखच उपस्थितीमा विस्केट जात्रा सम्पन्न भयो । यसस“गै शीर्ष राजनीतिक दलहरुले पनि सयौंको संख्यामा विभिन्न कार्यक्रम, सभा, समारोह गर्ने क्रम जारी नै छ । जहा कुनै पनि भौतिक एवम् सामाजिक दुरी समेत कायम गरिएको छैन ।

जनसंख्या धेरै भएका देशहरु चीन र बेलायत कोरोना महामारी नियन्त्रण गर्न सफल भइरहेका छन् । यस्तै थोरै जनसंख्या भएको भुटानले पनि कोरोना नियन्त्रण गरेको छ । तर, युरोप, जर्मन र ब्राजिल जस्ता मुलुकहरुमा कोरोना नियन्त्रण हुन सकेको छैन । यस्तै हालत् भारत र नेपालको पनि बन्दै गएको छ । कोरोना परीक्षण, खोपको प्रभावकारीरुपमा विस्तार एवम् स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइएको देशमा कोरोना नियन्त्रण भएको छ । तर, भारतको दिल्लीमा जस्तै नेपालमा मनपरितन्त्र बढ्दै गएसगै यसले आगामी दिनमा संकट निम्त्याउने खतरा बढेको चिकित्सक एवम् नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group