ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ क्षेत्रीय संसदको चुनावमा क्याटलान पृथकतावादी पार्टीहरुको बढि सिटमा जित


admin
पुस ७, २०७४ शुक्रबार  १२ : ४८ बजे

काठमाडौं, ७ पुस । क्याटलान पृथकतावादी पार्टीहरुले नयाँ क्षेत्रीय संसदको चुनावमा धेरैजसो सिटहरु जितेका छन् ।

जसका कारण स्पेनको केन्द्र सरकारसंग थप मुठभेडको अवस्था आउन सक्ने आंकलन गरिएको छ । यद्यपी उक्त चुनावमा सिटिजन्स पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ जो क्याटलोनिया स्पेनको अर्ध स्वायत्त क्षेत्र होस् भन्ने चाहन्छ । मड्रिड सरकारले क्याटलोनियाको स्वायत्तालाई खोस्दै अक्टोबरमा भएको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहलाई गैर संवैधानिक घोषणा गरेर चुनावको आह्वान गरेको थियो । चुनावमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ जुन क्याटलोनियाको क्षेत्रीय चुनावमा अहिलेसम्मकै बढी हो । क्याटलन पृथकतावादी नेता कार्लस पुज्डमोनले स्वतन्त्रता समर्थक पार्टीहरु चुनावमा विजयी भएको बताएका छन् । ब्रसल्समा आफै निर्वासनमा बसिरहेका नेता पुज्डमोनले यो चुनावमा क्याटलान नागरिकहरुले जित भएको र स्पेन सरकारको हार भएको बताए । पुज्डमोनले चुनाव क्याटलान रिपब्लिकले जितेको भन्दै कसैले पनि यो मतपरिणामलाइ विवादास्पद भन्न नसक्ने बताएका छन् । स्पेनका अभियोजनकर्ताहरुले उनीमाथि देशद्रोहको अभियोग लगाएका छन् । कुल १३५ सिटमध्ये सिटिजन्स पार्टीले २५ प्रतिशत भोट ल्याउँदै ३६ वटा सिटहरु जितेको छ । मत परिणामले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयलाई महत्वपूर्ण धक्का दिएको छ । यसअघिको क्याटलान संसदमा हाबी रहेका पृथकतावादी नेताहरुले स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहपछि अक्टोबर २७ तारिखमा क्याटलोनिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com