ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री


एबीसी / संवाददाता
बैशाख १, २०७८ बुधबार  ९ : ०४ बजे

 

 

काठमाडौं १ बैशाख ।प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ निर्माणका काम पुरा गरेका छौं,’ उनले भने, ‘असाधरण महत्वका थुप्रै दूरगामी आयोजना अघि बढाएका छौं ।’

वर्तमान सरकारले कोसी, कर्णाली र कालीगण्डकी करिडोरको काम तीव्र भएको, राष्ट्रिय महत्वका सडक चौडा बनाइएको, नयाँ विमानस्थल निर्माणका साथै कतिपय विमानस्थल रातीमा पनि सञ्चालन गर्न सकिने बनाएको प्रधानमन्त्रीको दावी छ ।

प्रधानमन्त्री ओलीले प्रतिदिन साढे ५ किमी बाटो बनिरहेको, हरेक दिन १२ ओटा आवास निर्माूण भएको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असाधरण काम गरेको बताए । प्रधानमन्त्रीका अनुसार हरेक दिन एउटा झोलुंगे पुल हरेक दोस्रो दिन एउटा सडक पुल, हरेक तेश्रो दिन एउटा ग्रामीण सडक पुल निर्माण भइरहेको छ ।
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने बताए । नेकपा एमालेको पहिलो सरकारले २०५१ सालमा मासिक १०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता, आफूले बढाएर अहिले दिनको १०० रुपैयाँ पु¥याएको र अझै बढाउने बताए । अहिले ३० लाख ६० हजारले प्राप्त गर्छन् । प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ५ लाख थपिएको बताए ।

फाटो र दूरी हटाएर एकता कायम गर्ने ध्यानमा सरकार रहेको भन्दै सम्पूर्ण सामथ्र्य र शक्ति देश विकासमा केन्द्रित गर्नुपर्ने प्रधानमन्त्रीको कथन छ । प्रधानमन्त्रीले २०७७ सालमा राजनीतिक हिसाबले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकतातर्फ अघि बढेको भन्दै सान्तोष व्यक्त गरे । ‘यस वर्ष हिंसाको बाटो लिइरहेको एउटा समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएका छौं । राजनीतिक अभीष्ट शान्तिपूर्ण र संवैधानिक बाटोबाट प्राप्त गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने ‘जनताको अभिमत नै राजनीतिकको निर्धारक तत्व हो । यससन्दर्भमा हामीले ठूला सफलताहरू प्राप्त गरेका छौं । आगामी दिनमा अझ सफलता हासिल गर्दै जानेछौं।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com