ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नव संवत्सर आरम्भ, सङ्कल्पमा ‘राक्षस’ उच्चारण हुने


एबीसी / संवाददाता
चैत्र ३१, २०७७ मंगलबार  ९ : २५ बजे

काठमाडौँ, ३१ चैत : प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ संवत्सर हो । सोमबारसम्म ४७औँ प्रमादी नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ । चैत्र शुक्ल प्रतिपदामा ४८औँ आनन्द संवत्सर नभेटेकाले ४९औँ राक्षस संवत्ससर शुरु भएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यो तिथि क्षय भएजस्तै अवस्था रहेको समितिले जनाएको छ ।
समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेल गणनाअनुसार गत चैत २३ गतेदेखि नै राक्षस नामको संवत्सर शुरु भएको बताउनुहुन्छ । चैत्र शुक्ल प्रतिपदाका दिन जुन संवत्सरले भेट्यो त्यही नाम वर्षभर उल्लेख गरिन्छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदामा प्रमादी संवत्सर थियो । त्यसपछि आनन्द नामको संवत्सर आएर यस वर्ष चैत्र शुक्ल प्रतिपदा लाग्नुअघि नै राक्षस नामको संवत्सर शुरु भएको उहाँले सुनाउनुभयो ।
यस वर्ष राक्षस नाम गरेको संवत्सर रहेकाले अल्पवृष्टि भई अनाज उत्पादनमा कमी आउनेछ । समाज निर्दयी हुने, रोग, भय र महङ्गीले जनता आक्रान्त हुनेजस्ता फल बृहत्संहिता नामक ज्योतिषशास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ । धार्मिक कर्ममा सङ्कल्प गर्दा आजैदेखि राक्षस नामको संवत्सरको उच्चारण गरिन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ । ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टि गरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासको आधारमा चैत्र शुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर शुरु हुन्छ । विक्रमादित्यका नामबाट चलेको विक्रम संवत्मा सौरमासका आधारमा वैशाख महिनादेखि नयाँ वर्ष शुरु हुन्छ । यस वर्ष संयोगले संवत्सर आरम्भ र विक्रम संवत्को नयाँ वर्ष आरम्भ अघिल्लो दिन र भोलिपल्टदेखि शुरु हुँदैछ ।
आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि शुरु गरिएको हो । कोरोनाजस्ता रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा शुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ । सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गर्नुभएको छ । यसबेला न चिसो न जाडोको अवस्था हुने भएकाले प्राकृतिकरूपमा पनि वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ । विसं अनुसारको नयाँ वर्ष वैशाख १ गते बुधबारदेखि शुरु हुँदैछ । वैशाख महिनाको देवता मधुसूदन, देवी मोहिनी र भानुः नामको सूर्य रहेको छ । नयाँ वर्ष आरम्भका बेला मेष राशिमा सूर्यः, मेष राशिमै चन्द्रमा र कुम्भ राशिमा वृहस्पति (गुरूः) रहने समितिले जनाएको छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो ।
यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौरमासअनुसारको पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्र्रेजी पात्रो) भन्दा ५७ वर्ष आठ महिना १५ दिन छिटो छ । यस पात्रोमा वर्षको शुरूआत वैशाख महिनाको पहिलो दिनदेखि हुन्छ । विसं सूर्यसँग सम्बन्धित भएकाले नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विशाखाबाट वैशाख, ज्येष्ठाबाट जेठ, पूर्वाषाढाबाट आषाढ आदि नाम रहेको हो । भारत वर्षमा राजा विक्रमादित्यले शुरुआत गरेको विक्रम संवत् नेपालमा आधिकारिकरूपमा चन्द्रशम्शेरको पालादेखि लागू भएको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com