ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक


एबीसी / संवाददाता

 काठमाडौँ, ३० चैत (रासस) : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।
  ‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको उक्त अस्पतालले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउन खुलेपछिका तीन महिनामा शल्यक्रिया (सर्जरी) सेवामा नयाँ रेकर्ड नै कायम गरेको छ । यसअवधिमा मासिकरुपमा ५४७ सम्म सर्जरी सेवा उपलब्ध गराउनसक्षम भएको जानकारी दिइएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम अघि सामान्यतया प्रतिमहिना ४२३ सम्म सर्जरी सेवा उपलब्ध हुँदैआएको थियो । कारोनाकाकारण गरिएको बन्दाबन्दीको समयमा भने त्यो सङ्ख्या घटेर १० देखि १२ सम्म झरेको थियो ।
कोभिड–१९ कै प्रभावका कारण आर्थिक वर्ष २०७६÷७७ मा उक्त अस्पतालले ७५ हजार ७५१ लाई मात्र आँखासम्बन्धी विविध उपचार सेवा प्रदान गर्न सम्भव भएको अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो । विगतमा त्यो सङ्ख्या निकै बढी हुने गथ्र्याे । मुलुकभर सञ्चालन रहेका आँखा अस्पतालबाट हाल वार्षिकरुपमा ३० हजारदेखि ३५ हजारसम्म सर्जरी सेवा उपलब्ध हुने गरेको छ ।
  मुलुकका अन्य क्षेत्रजस्तै कोभिड–१९ को असर खेप्न परे पनि परिपक्व नेतृत्व र सुझबुझपूर्ण व्यवस्थापनका कारण अरु केही अस्पतालको तुलनामा कुनै अप्ठेरो भने झेल्नु नपरेको सञ्चालक सदस्य युद्धध्वज सापकोटाले जानकारी दिनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवलगायतका विशिष्ट व्यक्ति यही अस्पतालमा पुगेर आँखा उपचार गराउनुभएबाट अस्पतालको सेवा प्रशंसा गर्न लायक भएको छ ।
  आँखा उपचारका लागिमात्र विशिष्टिकृत सेवा दिने उद्देश्यले ४७ वर्षअघि खोलिएको मुलुककै जेठो आँखा अस्पतालले त्यस अवधिमा आन्तरिक आम्दानी असुलीमा पनि नयाँ रेकर्ड नै कायम गर्न सफल भएको सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिनुभयो । अस्पतालको  मुख्य आर्थिक स्रोत भनेको आफ्नो आम्दानी नै हो भने पछिल्ला केही वर्षदेखि शिविर सञ्चालनलगायतका कार्यमा सरकारले समेत सहयोग पु¥याउँदै आएको छ ।
  कोरोना महामारी सङ्क्रमणका बाबजुद चालु आर्थिक वर्षको आठ महिनामा सेवा शुल्कबापत रु चार करोड ५० लाख आम्दानी भएको छ । अघिल्लो आवमा रु छ करोड आम्दानी गरेको थियो । अस्पतालले आगामी वैशाख ११ गते पन्ध्रौँ वार्षिक साधारणसभा गर्दैछ । आर्थिक वर्षभित्रै मुलुकका विभिन्न ३० स्थानमा आँखा परीक्षण शिविर, विभिन्न २० विद्यालयमा आँखा उपचार सेवाका साथै २० ठाउँमा शल्यक्रियासहितको शिविर सञ्चालन गर्न लक्ष्य राखेकामा हालसम्म छवटा मात्र शिविर सञ्चालन भएको जानकारी दिइएको छ ।
उक्त अस्पतालका सञ्चालक, सदस्य र आजीवन सदस्यमा हाल चिकित्सक, साहित्यकार, उद्यमी, पूर्वप्रशासक, सुरक्षा सेवाका पूर्वअधिकृत, अर्थविद्, वकिल, पत्रकार र उद्योगीसहित समाजका विभिन्न क्षेत्रका महानुभाव हुनुुुहुन्छ ।
अस्पतालका सेवा सुलभ र गुणस्तरीय
  स्थापनाको ४७ वर्ष पूरा गर्दै गरेको उक्त अस्पतालले हाल आँखासम्बन्धी विभिन्न विशिष्टकृत सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले आगामी दिनमा आँखासम्बन्धी रोग रोकथामका लागि जनचेतना र उपचारका अतिरिक्त अनुसन्धानलाई पनि जोड दिने सोच अघि सारेको छ । गैरनाफामूलक सेवामुखी संस्थाका रुपमा अस्पतालले सेवाग्राहीलाई सुलभ र स्तरीय सेवा दिँदै आएको छ । आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एशियामै अब्बल सेवा उपलब्ध गराउने मुलुकको सूचीमा रहेको अस्पतालका संस्थापक डा पोखरेलले बताउनुभयो ।
मुख्यतया अन्धोपन अन्त्य गर्ने लक्ष्यका साथ स्थापित गरिएको अस्पतालबाट प्रदान गरिने शल्यक्रिया मध्ये ८७ प्रतिशत मोतियाबिन्दुका हुन्छन् । नेपालमा हाल अन्धोपन कूल जनसङ्ख्याको ०.३५ प्रतिशतमा रहेको अनुमान छ । त्यसलाई आगामी दश वर्षमा २५ प्रतिशत कम गर्ने राष्ट्रिय लक्ष्यमा अस्पतालले सक्दो सहयोग पु¥याउने अठोट गरेको छ ।
मुलुकका ७७ जिल्लामा कुनै न कुनैरुपमा उपचार सेवा पुगेका कारण विगतमा आँखा उपचारका लागि शल्यक्रिया गर्न एक वर्षसम्म पर्खनुपर्ने अवस्था अहिले अन्त्य भइसकेको छ । अस्पतालले सेवा विस्तार गर्ने क्रममा काठमाडौँ उपत्यकामा तीन र सिमरामा सेवा विस्तार गरेको छ । हाल उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ९४ जना जनशक्ति कार्यरत छन् । सोही क्रममा आँखा स्वास्थ्य शिक्षा र अस्पतालका सेवाबारे प्रचारप्रसार, प्राविधिक कर्मचारी नवीनतम ज्ञानका लागि प्रशिक्षण, विशिष्टकृत सेवा र प्राथमिक आँखा केन्द्र विस्तार तथा स्थानीय तह र सामाजिक सङ्घ संस्थासँग सहकार्य एवं समन्वय गरी अघि बढ्ने रणनीति बनाएको छ  ।
नवआगन्तुक आजीवन सदस्यको परिचयात्मक कार्यक्रममा अस्पतालका अध्यक्ष डा पोखरेलले आँखा उपचार सेवालाई थप गुणस्तरीय बनाउने अस्पतालको चाहनालाई साकार तुल्याउन सबैसँग आग्रह गर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com