ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा  १ लाख ७० हजार संक्रमित, ९०४ को मृत्यु


एबीसी / संवाददाता

काठमाडौं ३० चैत । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चलेसँगै भारतमा हरेक दिन थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ। आज १ लाख ७० हजार संक्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो। योसँगै भारतले ब्राजिललाई पछाडि पार्दै दोस्रो नम्बरमा पुगेको छ।

भारतमा संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ। पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमितको संख्या ३ करोड १९ लाख १८ हजार ५९१ रहेको छ। त्यस्तै, तेस्रो नम्बरमा रहेको १ करोड ३४ लाख ८२ हजार ५४३ रहेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ९०४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार २०९ पुगेको छ।

अहिले भारतका १६ राज्य कोरोनाको चपेटामा परेका छन्। उच्च संक्रमण रहेका राज्यमध्ये नेपालसँग जोडिएको उत्तर प्रदेश दोस्रो नम्बरमा रहेको छ।

पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा १५ हजार २७६ संक्रमित थपिएका छन्। पहिलो नम्बरमा रहेको महाराष्ट्रमा ६३ हजार २९४ संक्रमित पुष्टि भएका छन्।

उच्च संक्रमण रहेका १६ राज्यमा महाराष्ट्र र उत्तर प्रदेशसँगै छत्तिसगढ, कर्नाटक, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात, हरियणा, राजस्तान, पञ्जाब, केरला, तेलंगा, उत्तराखण्ड, आन्द्र प्रदेश र पश्चिम बंगाल रहेका छन्।

नेपालसँग जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल पनि उच्च संक्रमण रहेका राज्यमा छन्। जसले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ।

यी राज्यहरूमा बढीमा १० दिनमा संक्रमितको संख्या दोब्बर भइरहेको छ। संक्रमितको मृत्यु दर पनि पहिलो लहरको भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले भारतमा मृत्युदर १।७ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com