ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षी तीन दलको बैठकमा सहमति नभए माओवादीले आकस्मिक निर्णय गर्ने


एबीसी / संवाददाता
चैत्र २७, २०७७ शुक्रबार  ६ : ५७ बजे

 

काठमाडौं २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चर्को दबाव पछि आजका लागि बोलाएको तीन दलको बैठकमा सहमति नभएमा माओवादीले आकस्मिक निर्णय गर्ने भएको छ । तीन दलबीच सहमति नहुने हो भने हामी समर्थन फिर्ता लिएर आगाडि बढ्न चाहन्छौं ।’ माआवादी नेता नारायकाजी श्रेष्ठका अनुसार कांग्रेस र जसपाले ओली सरकारलाई बोक्न तयार भएमा आकसिस्मक लाग्ने गरी माओवादीले नयां निर्णय गरेर अघि बढ्न सक्छ । त्यो आकस्मिक के हो भन्ने बोरमा भने खुलाइएको छैन । केवल औपचारिक खपतका लागि हुने भएको छ ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।देउवालाई पार्टी भित्रैबाट ओलीलाई विस्थापन गर्नेगरी बैकल्पिक सरकार गठन गर्न पहल नगरेको भन्दै तीव्र आलोचना भइरहेको थियो ।

नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् ।

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्नेमा छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग नै लहसिने लाइनमा छन् ।
उनीहरुले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुद्दा बनाएका छन् ।

कांग्रेस नेताहरुले रेशमको रिहा बाहेकका मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि तीन दल ओलीको विकल्प खोज्न तयार भए न्यायोचित विषय अगाडि बढाउन सकारात्मक रहेको बताए ।

माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठका अनुसार आज हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ । ‘जसपाले एकाध दिन समय माग्यो भने बेग्लै हो, नभए सरकार बनाउने वा नबनाउने टुंगो लगाउन चाहन्छौं’ उनले भने, ‘तीन दलबीच सहमति नहुने हो भने हामी समर्थन फिर्ता लिएर आगाडि बढ्न चाहन्छौं ।’ श्रेष्ठका अनुसार कांग्रेस र जसपाले ओली सरकारलाई बोक्न तयार भएमा आकसिस्मक लाग्ने गरी माओवादीले नयां निर्णय गरेर अघि बढ्न सक्छ । त्यो आकस्मिक के हो भन्ने बोरमा भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com