ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा भव्य भयो आरके गुरुङको एकल साँझ


admin
पुस ५, २०७४ बुधबार  १० : ३९ बजे

अल्डरसट । नेपालका चर्चित लोक गायक रामकुमार (आरके) गुरुङ एकल साँझ गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बेलायत आएका गायक आरकेले बेलायतका विभिन्न स्थानमा आप्mनो प्रस्तुती दिइरहने क्रममा क्होला परिवार युकेको आयोजनामा सो प्रस्तुती दिएका हुन् ।

तस्वीर : मिलन तमु

उनले सो साँझ आयोजक क्होला परिवारलाई हृदयदेखिनै धन्यवाद दिँदै सबै सहभागीहरुलाई आभार व्यक्त गरे । सो साँझमा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, गीतकार पूर्व प्रअ एकेन्द्र गुरुङलगायत विभिन्न संघसंस्थाका पदाधिकारीका साथै संगीतप्रेमी र क्होला परिवारको बाक्लो उपस्थिति रहेको थियो । उनले ज्ञाम गुरुङद्वारा निर्माण गरिएको गुरुङ चलचित्र ‘गोरे बाजे’, पूर्व प्रअ एकेन्द्र गुरुङ र फोटोपत्रकार मिलन तमुद्वारा रचित विभिन्न गीतहरु गाएका थिए । एक दर्जनभन्दा बढी चलचित्र, कौडा, सालैजोको रचना, संगीत र स्वर दिइसकेको गुरुङले विभिन्न चर्चित गीत, कौडा, सालैजो र लाईभ दोहोरी समेत प्रस्तुत् गरेका थिए । उनलाई गायिका ममता गुरुङ र रुपा घर्तिमगरले साथ दिएका थिए ।

सुलिकोट गाउँपालिका अर्थात गोरखा सौरपानी ५ बान्चोकगाउँमा २०४१ सालमा जन्मिएका गायक रामकुमार (आरके) गुरुङ झन्डै डेढ दशकदेखि कलाकारितामा निरन्तर रुपमा छन् । पहिलो कोसेली ङै नासा (मेरो गाउँ) को ‘माईली रोधीं घरमा सँगै नाचौंन’ बोलको कौडा गीतबाट प्रेरित र हौसिएका गुरुङ त्यसपछि ङै जिन्दगी (मेरो जिन्दगी), ङै क्याँ (मेरो बाटो), आश्यो (मावली), म्होरा (सपना), भेडी गोठालो, कुटुम्बेरी साइनो, खै ओ म्ही थेवा (ठूलो मान्छे), तीन्हागाँ (आजभोलि), ङोलो ङोल्स्यो (सोल्टी सेल्टिना) र हालै प्रदर्शनको क्रममा रहेको ‘गोरे बाजे’ नामक गुरुङ भाषाको चलचित्र र कर्मरेखा नेपाली भाषाको चलचित्रहरुको गीत लेखन, गायन र संगीत बनाउनमा संलग्न रहे ।

उनले त्यत्ति नै संख्यामा नेपाली मौलिक गीतहरु सालैजो, कौडा र झ्याउरेमा स्वर, संगीत भर्ने र कतिपयमा शब्द रचना गर्दै आएको उद्घोषिका रुपा घर्तिमगरले उनको परिचय दिने क्रममा बताएकी थिइन् ।
धेरैजसो आप्mनै शब्द र संगीतमा रहेका गुरुङ भाषाका चर्चित गीतहरु गाएर भरपूर मनोरञ्जन दिलाएका गायक आरकेलाई उपस्थित संगीतप्रेमीहरुले खादा लगाई बधाई दिएका थिए । साँझ ७ बजेबाट शुरु भएको सो साँझमा उनको गीतसँगै संगीतका पारखीहरु कार्यक्रमको अन्त्यसम्म झुमिरहेका थिए ।

तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमु समाज युकेका अध्यक्ष अर्जुन गुरुङ र आमा समूह तमु समाजकी अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरी सो एकल साँझको शुरुवात गरिएको थियो । सो अवसरमा क्होला परिवार युकेका हुम गुरुङले स्वागत मन्तब्य प्रकट गर्दै एकल साँझको मनोरञ्जन लिन अनुरोध गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com