ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खनाल–नेपाल समूहमाथि सूर्य थापाले लगाएका १५ आरोप यस्ता छन्


एबीसी / संवाददाता

काठमाडौं, ३ चैत्र ।  एमाले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाले विभिन्‍न १५ बुँदामा आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डको को निर्देशनमा चैत ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको थापाले आरोप लगाउनुभएको हो । चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्‍न सकिने थापाले बताउनुभयो । आफ्नो निहित स्वार्थका लागि एमाले विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र भएको उल्‍लेख गर्नुभएको छ । राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाएर साझा सहमति बनाएर जान ओलीले प्रस्ताव गरे पनि नेपाल समूहले भेला नरोक्‍ने भएको छ ।
ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए । नेता नेपाल निकट एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले हाम्रो कार्यक्रमहरु यथावत रहेको बताउनुभयो । त्यसमा कुनै अन्यौलता नआओस् भनेर संक्षिप्त बैठक बोलाइएको बताउनुभयो।

आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।

सर्वोच्‍च अदालतले एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूहका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्‍नै समानान्तर कमिटी घोषणा गरेको छ ।

एमाले केन्द्रीय सदस्य थापाले भर्खरै सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्नुभएको हो ।

यस्तो छ थापाको १५ बुँदा

शहरमा “विधि र पद्धति”काे रमिता कि गाइजात्रा ?नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला-

१. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे !

२. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ ।

३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे ।

४. याे केवल यसका नेतृत्वकर्ताहरूकाे कुण्ठा र द्वेय प्रदर्शन मात्रै हाे ।

५. पार्टीकाे सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूकाे नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यकाे मञ्चन मात्र हाे ।

६. याे “विधि र पद्धति”काे दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीकाे पराकाष्ठा हाे, जसलाई प्रचण्डकाे आड र साठगाँठमा चल्दैआएकाे विभाजन ने हाे भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुन: प्रचण्ड पथमा सामेल हुन जाने तयारी हाे । त्यसकै लागि प्रचण्डले आफ्नाे समुहकाे केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेकाे यथार्थ जगजाहेर नै छ ।

७. हिजाे नेकपामा सहमतिकाे आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतकाे नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेकाे चारपटक निस्कासनकाे अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुकाे विकल्प नै नरहेकाे असहजता र छटपटीकाे अनुभूति हाे ।

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दाेलन, स्थिरता, विकास र समृद्धिविरूद्दकाे घात हाे ।

९. पार्टी केन्द्रीय कमिटीकाे फागुन २८ गतेकाे निर्णयकाे अवज्ञा,अनुशासनहीनता र अराजकता हाे । कार्की बैक्वेट पार्टीको भए पनि स्वघाेषित अध्यक्ष भइछाड्ने पदलाेलुपता एवं अभिनय हाे ।

१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानकाे बर्खिलाप कार्य हाे । फागुन २३ गते यता अर्याल हाेटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछाेपकाे निम्छराे र निरूपाय काेसिस हाे । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला राेक्न दिनुभएको निर्देशनकाे ठाडाे अवज्ञा हाे ।

११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेकाे १९ पृष्ठ लामाे पुरानाे आराेपपत्रकाे नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझाैताकाे बन्धक बनाउने कुत्सित प्रयास हाे ।

१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगाे कम्युनिस्ट आन्दोलनकाे भविष्यमा कालाे बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हाे ।

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसाेपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हाे ।

१४. याे आाम जनता र कार्यकर्ताकाे आकांक्षा र अभिमतविपरितकाे क्रियाकलाप हाे। यस्ताे कार्यमा काेही कसैले आफुलाई सामेल नगराै ।

१५. त्यसैले आउनुहाेस- विभाजन र बिखण्डनकारी तथा एकताविराेधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हकाे पक्षमा स्पष्ट र एकजुट भएर अघि बढाैं !अरू कसैकाे याेवनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी काेसिसहरूलाई परास्त गराैं !!

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com