ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सत्ता समीकरणको विषय छलफलमा


एबीसी / संवाददाता

काठमाडौँ, २९ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरणको विषयमा छलफल हुने जनाइएको छ । बिहान ९ बजे डाकिएको बैठकमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने नेता गणेश साहले जानकारी दिनुभयो ।

मातृ पार्टीमा नै फर्कने मौका दिँदा पनि नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।यस्तै एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ ।नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो ।माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।साविक नेकपा हुँदा प्रचण्ड–माधव मिलेर ओलीविरुद्ध आन्दोलन गरेका थिए ।फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताइदिएपछि ओली पार्टी कमिटी र संसदीय दलमा बहुमतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौँ, ९ बैशाख।   निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

काठमाडौँ, ९ बैशाख।   कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका

सम्बन्धित

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो – नेता नेपाल

नेपालमा थप २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु (कुन जिल्लामा कति सूचिसहित)

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार पेसी (रिटको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com