ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले जानी बुझी केपी प्रवृत्तिविरुद्ध प्रहार गरेको हुँ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
फाल्गुन २७, २०७७ बिहीबार  ६ : ५६ बजे

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले जानी बुझी केपी प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभएको छ ।बिहीवार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान र मर्न पनि तयार रहेर प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभएको हो ।

केपी प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेजस्तो अनुभूति भएको उहाँको भनाइ छ । देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला गरिराखेको भन्दै उहाँले सजग भएर त्यसविरुद्ध लड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले देशको परिस्थिति अलिकति जटिल छ । चुनौतीपूर्ण छ । केपी प्रवृत्तिकाविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको जस्तो अनुभुति भएको छ।’साथै उहाँले अरूसँग एकीकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै आउँदो दिनमा पुराना साथीहरुसँग एकताबद्ध गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहिँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । अहिले फेरि हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने तयारीमा छौं । क्रान्तिकारी विचार र साथीहरुमाथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले मैले नयाँ जनयुद्ध सुरु गरेको हुँ ।’अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाको निम्ति आफूले देशव्यापी अभियान चलाउने समेत बताउनुभयो । दुईरचार वर्ष जनताको बीचमा गएर अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ ।

उहाँले उमेरको कारणले आफूपछि नहट्ने पनि बताउनुभयो । अझै पनि क्रान्तिमा अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफूले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो(‘जनयुद्ध सुरु गर्ने बेलामा म ४२र४३ वर्षको थिएँ । अब अहिले ६६र६७ वर्षको भएँ । कतिपयले अब उमेर भएकाले त छोडिदिनुपर्छ भन्छन् । तर, म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा अगाडि जानेछु ।

अध्यक्ष प्रचण्डले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित ठाउँ दिएर राखिने बताउनुभयो । आउँदो केन्द्रीय समितिको बैठकले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com