ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कम्फर्टेबल सरकार’मा अध्यक्ष प्रचण्डको प्रष्टोक्ति: मेरो अन्तर्वार्ताको गलत तरिकाबाट प्रचार भयो 


एबीसी / संवाददाता
फाल्गुन २०, २०७७ बिहीबार  ८ : ३५ बजे

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्ति दिएपछि उहाँ माथि पार्टीभित्रै प्रश्न उठेको छ । उाँहले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको केहि गलत तत्वले गलत तरिकाबाट  प्रचार गरेको दाबी गर्नुभयो । बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई अन्तर्वार्तामा बोलेका केही कुराहरुबारेमा प्रश्न गरेका थिए ।

स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी र परिस्थितिलाई असर पर्ने गरी अन्तर्वार्ताबारे प्रचार भएको भन्दै प्रश्न राख्नुभएको थियो। अन्य केन्द्रीय नेताहरुले पनि यसबारे प्रचण्डको जवाफ मागेका थिए । कतिपय केन्द्रीय सदस्यहरुले मौखिक र कतिले लिखित रुपमा प्रश्न गरेको गरेका थिए । सवै प्रश्नको जवाफमा प्रचण्डले आफूले दुवै छिमेकीसँग समान सम्बन्ध रहनुपर्छ भन्ने अर्थमा बोलेको दाबी गर्नुभयो । ‘मैले सु–विचारित ढंगले नै अन्तर्वार्ता दिएको हुँ’ उहाँले भन्नुभयो, ‘दुवै छिमेकीसँग सन्तुलन कायम गरेर जानुपर्छ । हाम्रो असंलग्न परराष्ट्र नीतिका आधारमा दुवै छिमेकीसँग समान सम्बन्ध रहनुपर्छ भन्ने अर्थमा मैले बोलेको हुँ ।’

त्यसलाई केपी गुटका केही तत्वले अतिरंजित गरेर अर्थको अनर्थ लगाएको हुन मैले हाम्रा छिमेकी मूलुक दुवै सगको सम्वन्ध राम्रो हुनुपर्छ भन्न खोजेको हो, उहाँले भन्नुभयो । २०६२ सालमा तत्कालिन ७ राजनीतिक दल र बिद्रोही नेकपा माओवादीबीचको १२ बुँदे सहमतिदेखिकै विशिष्ट अवस्थालाई लिएर आफूले भारतसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं भनेको उहाँले बताउनुभयो । त्यसको केही अंश मात्र प्रचार गरेको प्रचण्डले दावी गरे ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बोलेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड विवादमा पर्नुभएको थियो । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले समेत सार्वजनिक मञ्चबाटै पटकपटक प्रश्न उठाएका छन् ।

तर ‘हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ’ भनेको अंशको सार्वजनिक रुपमा बढी चर्चा भयो । एक केन्द्रीय सदस्यका अनुसार, बुधबारको बैठकमा प्रचण्डले यस्ता संवेदनशील विषयमा बोल्दा ध्यान दिने बताउनुभयो । ‘मैले यस्ता विषयमा बोल्दा अझै संवेदनशीलता अपनाउनुपर्छ भन्ने महशुस गरेको छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो । केन्द्रीय सदस्यहरुले महिलामाथि अपमान अनुभूति हुने गरी नेताहरुले दिएको अभिव्यक्तिबारे पनि प्रश्न समेत उठाएका छन् । राष्ट्रियसभा सदस्य कोमल वलीबारे ‘यौनजन्य अभिव्यक्ति’ दिएका कारण विवादित बनेका स्थायी कमिटी सदस्य रघुजी पन्त प्रकरणमा प्रचण्डले संक्षिप्त जवाफ दिए, ‘उहाँले सार्वजनिक रुपमै सरी भनिसकेपछि थप कुरा नगरौं । तर आगामी दिनमा संवेदनशील बनौं ।’ नेताहरुले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा २२ माघमा आम हड्तालको अनुगमन गर्न प्रचण्डले गाडी चढेर गएको विषयमा पनि प्रश्न उठाएका थिए । संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि खुशियाली मनाउँदै दुई अध्यक्षले चितवनमा मिठाइ खाएको विषयमा नेताहरुले प्रश्न गरेका थिए । प्रचण्डले भने ‘त्यस्तो कुरामा ख्याल गर्नुपर्ने रहेछ’ अव यि र यस्ता विषयमा गम्भिर बन्नुपर्ने भो , उहाँले भन्नुभयो ।

 

के भनेका थिए प्रचण्डले  ?

… वामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानुभयो । म र बाबुराम थियौं । पहिलो चोटी माइन्यूट गरियो । अब हामी मिलेर जाने भनियो । त्यो भन्नेलाई कारबाही गर्नुपर्छ भन्ने केपी ओली । ‘आतंककारीसँग यसो भन्ने’ भन्ने केपी ओली । समावेशी र समानुपातिक हुनुहुँदैन भन्ने केपी ओली । हिजो गणतन्त्रको आन्दोलनको नेता त माधवकुमार नेपाल हो नि त । गणतन्त्रकै निम्ति जानुपर्छ भन्ने महासचिव त आन्दोलनभरि उहाँ हुनुहुन्थ्यो । माधवजी यही हुुनुहुन्छ, हामी सँगै छौं ।

शेरबहादुरजी पनि नेपाली काँग्रेसको नेता । गिरिजाप्रसाद कोइरालाले हिजो साहस नलिएको भए, पहल नलिएको भए शान्ति सम्झौता हुन गाह्रो थियो । सात दलको नेताको हैसियतले उहाँले भूमिका खेल्नुभयो । शान्ति सम्झौतामा दुईटाले हस्ताक्षर गरियो । त्यो सवै शक्ति त एकैठाउँमा छौं नि । यी शक्ति मिल्नुपर्‍यो भन्या हो । यहाँ कोही कसैविरुद्ध षडयन्त्र होइन, यो । ती शक्ति मिल्दा नै देशमा राजनीतिक स्थायित्वको अवस्था बन्ने भयो । र, इतिहासले जसलाई अगाडि बढ भनेको तिनै बढ्नु पर्यो क्या । नपढ भनेको मान्छेलाई कताकता ल्याइयो र त यहाँ दुख पाइयो ।

त्यसो भएर मेरो भनाइ– नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एण्ड ब्यालेन्स पनि हुन्छ, देशको राजनीति सन्तुलनमा बस्छ । सवै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ । भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँगको जो विशिष्ट सम्बन्ध छ। हाम्रो इतिहास, भूगोल, संस्कृति, धर्म परम्परा, अर्थतन्त्र, पानीढलो, खुला बोर्डर सवै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व, विकास हुँदैन । त्यसरी हेर्दा म के देख्छु– नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि यो भन्दा कन्फर्टेवल समीकरण हुँदैन । चीनको लागि पनि यो कन्फर्टेबल नै हुन्छ । यति राम्रो सम्भावना अहिले छ, यसमा जानुपर्यो भनेर मैले भनेको छु ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com