ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति


एबीसी / संवाददाता

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजंग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त रूपमा विज्ञप्ति जारी गरी चिकित्साशिक्षा क्षेत्रमा अनावश्यक सरकारी हस्तक्षेप र प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असहमति जनाउनु भएको हो ।

झापामा हिजो झापामा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरेको भाषणप्रति पूर्वउपकुलपतिहरूले असहमति जनाउनुभएको हो । ओलीले आफ्नो भाषणमा झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा कार्यक्रमको सम्बन्धन दिने आश्वासन दिनुभएको थियो ।

‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, १० जना पूर्वउपकुलपतिहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’

चिकित्सा क्षेत्रमा सरकारले नै चुनौती थोपर्दै लगेको भन्दै उनीहरूले चिन्तासमेत जनाएका छन् । चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले सरकारलाई दिएको सुझावअनुसार बनेको ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई एमबीबीएसको सम्बन्धन दिन नपाउने व्यवस्था छ । ‘परन्तु, उक्त ऐनको उपेक्षा गर्दै काठमाडौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी एवं गैरजिम्मेवारी कार्य गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।उनीहरूले समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री

    काठमाडौं १ बैशाख ।प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ

२०७७ सालमा जस्तो कोरोनाको पीडा नदोहोरियोस् : प्रधानमन्त्री

काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गरेका छन् । प्रधानमन्त्री ओलीले बुधवार

२०७७ सफलताको वर्ष रह्यो : प्रधानमन्त्री ओली

  काठमाडौं १ बैशाख । कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि गत वषर्ए उपलब्धिकै वर्ष रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सम्बन्धित

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री

२०७७ सालमा जस्तो कोरोनाको पीडा नदोहोरियोस् : प्रधानमन्त्री

२०७७ सफलताको वर्ष रह्यो : प्रधानमन्त्री ओली

 नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ का सफलता :राष्ट्रपति भण्डारी

२०७७ ओली र अदालतको आहतमा, २०७८ यदुबंशी युद्धमा !

वैशाखमा ११ मा प्रधानमन्त्रीले धरहरा उद्घाटन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com