काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा पुग्नु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा चिडियाखानामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओली जाउलाखेल पुग्नु भएको हो । उहाँले कार्यक्रम पछि त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्दै हिँड्नु भएको थियो । त्यस्तै चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रली प्रधानमन्त्री र उहाकी पत्नी राधिका शाक्यले चढ्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्