काठमाडौं, १९ फागुन । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन आयोगले दलसम्बन्धी विवादमा राजनीतिक सन्तुलनभन्दा कानून र विधिको सन्तुलनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । एबीसी न्यूजसँगको विशेष कुराकानीमा पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले कुनै पनि दलको विवाद निरुपण गर्न राजनीतिक सन्तुलन नहेरी कानूनी विधिका आधारमा छिट्टै निकास दिनुपर्ने धारणा राख्नुभयो । हाल जारी नेकपाको दलसम्बन्धी विवादमा आयोगले दृढ इच्छाशाक्ति देखाई छिटो टुंगोमा पुग्नुपर्ने उहाको जोड छ ।
मुलुकले ७० वर्षसम्म प्रजातन्त्रको अभ्यास गरेपनि अझै परिपक्क हुन नसकेको भन्दै दलले निर्वाचन सम्बन्धी कानून, ऐन र नियमावलीहरु निर्माणमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उप्रेतीले लोकतन्त्रलाई बलियो र सबैको विश्वासिलो बनाउन जारी कानूनको छिद्रहरु अन्त्य गर्नुपर्ने जिकिर गर्नुभयो । निर्वाचन आयोगले आफ्नो सवैधानिक गरिमालाई कायम राख्न कसैको प्रभाव र दवावमा नपरी निर्णय लिनुपर्ने उप्रेतीको सुझाव छ । पुर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग गरिएको विषेश कुराकानी आज राती ९ बजे हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्