काँभ्रे १७ फागुन । काभ्रेको कोशिपारी भुम्लु गाउपालीका ८ मा फागुन १० गते भएको घटनाको छानविनमा प्रहरीले लापरवार्ही गरेको छ । घटना भएको आठ दिन विति सक्दापनि अनुसन्धानमा प्रहरीले कुनै चासो नदेखाएको आफ्न्तले आरोप लगाएका छन् । कोशिपारी भुम्लु ८मा घर वाईरीङ गर्न गएका ज्ञानबहादुर दनुवार मृत अवस्थामा फेला परेका थिए । उनको हत्या भएको हुनसक्ने भन्दै परिवारबाट किटानी जाहेरी दिदा समेत प्रहरीले अनुसन्धानमा कुनै चासो नदिएको मृतकका बाबु रामबहादुर दनुवारले बताउनुभयो ।
घटनाको दिन प्रहरीले घरपरिवार नपुग्दै घटना स्थलबाट लास उठाउन खोज्नु र सगैं सुतेको मृतकका साढुदाईले राती हराएको थाहा पाएपनि कसैलाईै पनि खवर नगरिनु विहान खोज्न जाँदा उनिले नै पहिले लास देख्नु र प्रहरी रेकर्डमा उनको छवी राम्रो नभएकाले हत्या भएको आशंकामा रोहीत मान राईका नाममा किटानी जाहेरी दिएको बाबु रामबहादुर दनुवारले जानकारी दिनुभयो । घटनाको छानवीनमा प्रहरीले चासो नदिदा दोषि उम्कन सक्ने या प्रमाण हराउन सक्ने भएकाले प्रहरिले चसोकासाथ अनुसन्धान गरिदिनुपर्ने पीडित पक्षको माग रहेको छ । यता प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ । यता घटनाको अनुसन्धान २ वर्ष सम्म चलिरहने भएकाले लामो समय लाग्न सक्ने प्रहरीले जनाएको छ । यता भिसेरा रिपोर्ट समेत आई नपुगेकाले अनुसन्धानमा ढिलाई भएको आफ्न्तलाई लाग्न सक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्