ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदर्शनीमा राखिएको धरहरा हेर्न आउनेको ओइरो


admin

कपिलवस्तु, १ पुस । कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ । भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिन प्रतिदिन दर्शकको भिड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।

भूकम्पले धरहरा ढलेपछि कहिले,कस्तो बन्ला भन्ने सबैमा कौतुहलता जागिरहेको बेला प्रदर्शनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाइएको सुन्दर नमूना धरहराले दर्शकको मन तानिरहेको छ । शुक्रबारसम्म जिल्ला बाहिर र भित्रका गरी दश हजार बढी दर्शकले प्रदर्शनीको अवलोकन गरिरहँदा दर्शकको पहिलो नजर धरहरामा जाने गरेको पाइएको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो ।

यस वर्षको मुख्य आर्कषका रुपमा धरहरा रहेको दर्शकले नै बताउने गरेका छन् । प्रदर्शनीमा सबै कुरा विगतकै जस्तै भए पनि यसपाली राखिएको धरहरा हेर्नकै लागि आफूहरु आएको बताएका छन् । वाणगंगा– ९ पडरियाकी लक्ष्मी अर्यालले भन्नुभयो, “धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाइ ढ¥यो त्यसैले यहाँ हेर्न आइकी छु ।” उहाँ मात्र होइन यहाँ आउने धेरैको भनाइ उस्तै छ ।

“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर २३ बाट शुरु भएको हो । महोत्सव पुस ५ गतेसम्म जारी रहनेछ । युवाको संगठन वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट पाँच करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com