ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओलीले कि आफूलाई कामचलाउ भन्नुपर्छ कि पद छाड्नुपर्छ : माधव नेपाल


एबीसी / संवाददाता

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो । आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो , ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’

यद्यपि, ओलीले पद नछाड्ने उहाले बताउनुभयो । ‘तर, केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो’, नेपालले थप्नुभयो ।  ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भर्‍याङ बनाएको उहाले टिप्पणी गर्नुभयो । नेपालले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको छ ।’ ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ । अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको दावी समेत गर्नुभयो । ‘ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उहाले भन्नुभयो , ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले म हुँ ।’ प्रचण्डसँग ४० वर्षदेखि संगत भएको बताउँदै उहाले दुई जनाको सहकार्य लामो समयसम्म जाने समेत दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com