ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोमबार विशेष : नेपालमा कोरोनाको नयाँ प्रकार देखि अध्यक्ष प्रचण्डको कार्यकर्तालाई तयार रहन निर्देशन सम्म


एबीसी / संवाददाता
माघ ५, २०७७ सोमबार   ९ : २३   बजे

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा

काठमाडौं, ५ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा आज पनि भएको छ । बहसका क्रममा अधिवक्ता डा. दीनमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेश जाने भन्नु कानुनसम्मत नभएको बताउनुभएको छ । संसद विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता पोखरेलले संसद विघटन गर्नै नपाउने बहुमतको प्रधानमन्त्रीले ताजा जनादेशमा जाने भन्नु राजनीतिक कुरा मात्र भएको टिप्पणी गर्नुभयो । अधिवक्ता पोखरेलले संसदले सरकार दिन नसकेको अवस्थामा मात्र संसद विघटन हुन सक्ने बताउनुभयो । यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने भनी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको अभिव्यक्तिले प्रवेश पाएको छ । बहसका क्रममा अधिवक्ता सरोजकृष्ण घिमिरेले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्याख्या गरेको सुनाउनुभयो । त्यसले संविधानमा यस्तो व्यवस्था गर्नुको कारण के थियो भनेर बुझिने अधिवक्ता घिमिरेले बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधान बन्नु अगाडि हो कि पछाडि भनेर प्रश्न गर्नुभयो । जवाफमा घिमिरेले कहिले भन्ने प्रष्ट भन्न सक्नुभएन, तर संसद विघटनभन्दा पहिलेको भएको बताउनुभयो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका बेला गरिएका सहमतिमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ । रोल…
काठमाडौंमा आज आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाले पार्टीभित्र व्यक्तिगत र पदको लागि संघर्ष नभएको भन्दै विचार, विधि र पद्धतिको संघर्ष भएको दाबी गर्नुभयो । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधानअनुरुप चले नचलेको हेरेर सही र गलत छुट्याउन उहाले कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनसाय भएको भए पनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रित गर्ने सोच मात्रै भएको जिकिर गर्नुभयो । ओलीले सबै सहमति किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उहाको भनाइ छ । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो । माघ १६ गतेपछि आमहड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उहाले कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिनुभयो ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताउनुभएको हो । अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उहा“को भनाइ छ । उहा“ले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर वा अन्य असंवैधानिक कदम चालेरै भए पनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको दाबी गर्दै ओलीले चुनाव नगराउने बताउनुभयो ।अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने गरी अघि बढ्ने बताउनुभयो । देशको प्रगतिको लागि आन्दोलनका विकल्प नभएकाले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उहा“को भनाइ छ । अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र सूर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी गर्नुभयो ।

नेपालमा कोरोना भाइरसको नया प्रकार

नेपालमा कोरोना भाइरसको नया प्रकार भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नया प्रकारको भएको पुष्टि भएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको पुस १३ गते पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नया प्रकार भए नभएको खुलेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस २७ गते उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नया“ प्रकारको भएको पुष्टि भएको छ । २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नया“ प्रकारको कोरोना भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group