ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा ओली र प्रचण्ड–माधव दुवै खेमाले पार्टी फुटेको स्पष्ट उल्लेख गरेको छैन : निर्वाचन आयोग (भिडियोसहित)


सपना थामी
पुस २४, २०७७ शुक्रबार  १० : २१ बजे

काठमाडौँ, २४ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओली खेमा र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुवै खेमाको नेपाल कम्युनिष्ट पार्टीले आ–आफ्नै पार्टी आधिकारिक एवम् मूल नेकपा भएको दाबी गरिरहदा निर्वाचन आयोगलाई विवादित विषयको चुरो भेटाउनै मुस्किल परेको छ । आयोगमा एकले अर्कालाई गरेको कारबाहीसहितको अलग–अलग पत्र ओली र प्रचण्ड–नेपाल दुवै खेमाले बुझाए पनि पार्टी फुटेको स्पष्ट जानकारी भने दुवै पक्षको पत्रमा उल्लेख छैन । यसकारण नेकपा आधिकारिकताको निरुपणको अन्तिम विकल्पका रुपमा रहेकोे आयोगले समेत अबको कदम के गर्ने भन्नेबारे गम्भिर अध्ययन गरिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको विवादले देशमै एउटा विचित्रको धर्मसंकट पैदा गरेको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुवै खेमाको नेकपा झण्डै पुनः एक हुने सम्भावना नरहेको अवस्थामा पुगेको छ । यद्दपि, दुवै खेमाले अहिलेसम्म पनि स्पष्ट रुपमा पार्टी फुटेको अभिव्यक्ति कही कतै दिएका छैनन् न त, निर्वाचन आयोगमा पेश गरिएको औपचारिक कागजातमै त्यो कुरा उल्लेख छ । यता संसद विघटनविरुद्धका रीटमाथीको सुनुवाई पुष २२ गते बुधबारदेखि निरन्तर हुने भनिएपनि कानुन व्यवसायीहरुको माग अनुसार इजलास फेरबदलसहित अर्को बुधबारदेखि मात्र सुनुवाई हुने संवैधानिक इजलासले बताएको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान र कृष्णप्रसाद भण्डारी लगायतले प्रश्न उठाएपछि प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा आफू नबस्ने घोषणा गर्नुभएको थियो । उनीहरुले प्रधानमन्त्री ओलीले देश र जनताको छातीमा बुटले किल्चेर असंवैधानिक निर्णय गरेको बताउदै आएका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यँदेवी भण्डारीको सिफारिस सबै खारेज गरिनुपर्ने माग समेत राख्दै आएका छन् ।

त्यसो त, नेकपा पुर्नमिलनको अन्तिम कोसिसमा अझैपनि केही नेताहरु देखिएका छन् । राष्ट्रियसभा सदस्य तथा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले आफू अझै कुनै पनि समूह्मा नरहेको र पार्टी एकता जोगाउन पहल गरिरहेको बताउनुभएको छ । एक्लैले पार्टी एकता जोगाउन सम्भव नरहने अवस्थामा संगठनात्मक ढंगबाट समेत पार्टीलाई अझै एक गर्न सकिने धारणा गौतमको छ । प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव दर्ता हुनु अगावै राजीनामा दिएको भए आज नेकपा र सिंगो देशले नै यो अवस्था भोग्नु नपर्ने भनाई उहा“को छ । विगत ९ महिनायता आलोचना गर्ने समूह्मा पनि रहि आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव ल्याउनबाट रोकेको पनि उहा“ले बताउनुभयो ।

नेकपा ओली खेमाले भने निर्वाचनको मिति घोषणा हुदैमा पार्टी फुटीहाल्नुपर्ने कुनैै कारण नरहेको समेत बताउदै आएको छ । विशेषतः आगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचन, दुवै खेमा पुनः एक हुनसक्ने अर्को विकल्प समेत रहेको ओली खेमाको दाबी छ । त्यसो त, प्रचण्ड–नेपाल खेमाले पनि ओलीलाई अध्यक्ष पदबाट कारबाही गरेपनि सच्चिएर पुनः पार्टीमा फर्कन आव्हान गरिरहेको छ । प्रचण्ड–नेपाल खेमाको महासचिव पद अझै रिक्त नै छ ।

नेकपाका नेताहरु स्वयम्ले पार्टी पुनः एक हुनसक्ने सम्भावनाका बाटोहरु अझै बा“की रहेको बताईरह“दा भरसक दुवै खेमा एक हुनु नै सबैभन्दा उपयुक्त विकल्प हुने निर्वाचन आयोग लगायत सबैको धारणा छ । चुनावचिन्ह र नाम पनि उही रहेको दुवै नेकपा खेमाले पार्टी फुटिसकेको स्पष्ट उल्लेख भने औपचारिक वा अनौपचारिक रुपमै समेत कही कतै उल्लेख नगरेका कारण विवादको चुरोमै प्रवेश गर्न कठिन देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको सामाजिक सञ्जाल स्पष्टीकरण: ‘भदौ २३ को गोलीकाण्डमा मेरो आदेश थिएन, घुसपैठकर्ताले बालबालिकालाई ढाल बनाए’

संसद् पुनर्स्थापना रिटमा ‘चुपचाप’ सर्वोच्च, पूर्वसांसदहरूले प्रधानन्यायाधीशसँग भेट मागे

सम्बन्धित

ओलीको सामाजिक सञ्जाल स्पष्टीकरण: ‘भदौ २३ को गोलीकाण्डमा मेरो आदेश थिएन, घुसपैठकर्ताले बालबालिकालाई ढाल बनाए’

संसद् पुनर्स्थापना रिटमा ‘चुपचाप’ सर्वोच्च, पूर्वसांसदहरूले प्रधानन्यायाधीशसँग भेट मागे

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

तालाबन्दीदेखि पदमुक्तिसम्म : भूपति बज्रको चिनियाँ लामा विवाद कसरी चर्कियो?

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com