ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले तत्कालका लागि खोप निर्यातमा रोक लगाएपछि नेपालमा असर पर्ने (भिडियोसहित)


विकास आचार्य

काठमाडौं, २१ पुस ।  भारत सरकारले आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको दुईवटा खोपलाई तत्कालका लागि निर्यात गर्न रोक लगाएको छ । आइतबार भारत सरकारले खोप प्रयोगका लागि अनुमति दिएस“गै नेपाल सरकारले उक्त खोप पाउने आश बोकेको थियो । तर भारतले केही महिना खोप निर्यात नगर्ने बताएस“गै त्यसको असर नेपालमा पर्ने देखिएको छ ।

भारतले कोरोना भाइरस विरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । अक्सफोर्ड र अष्ट्राजेनिकाले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारत बाहिर नपठाउने बताएका हुन । खोप निर्यात नगर्ने भारतको निर्णय सँगै त्यसको प्रत्यक्ष असर नेपाल जस्ता मुलुकलाई पर्ने देखिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिसिल्ड र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरेको कोभ्याक्सिनलाई भारतले आपत्कालीन प्रयोगका लागि आईतबार स्वीकृति दिएको थियो । नेपाल सरकार खोप आपूर्तिका लागि अहिलेसम्म पनि दाताको पर्खाईमा बसिरहेको छ ।

नेपाल सरकार कोभ्याक्सको सहयोग र भारतकको भर परेर बसेको छ । भारतको निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई पनि असर पर्ने देखिएको छ । नेपालले खोप लगाउन आवश्यक जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्सबाट खोप ल्याउने तयारी गरिरहेको छ । भारतीय कम्पनी सिरमले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो । गत सातामात्र बेलायतले र पुनः विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड विश्वविद्यालयले बनाएको उक्त खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । भारतको यो कदमले तत्काल नेपालले खोप पाउन असम्भव भएको छ । तर, यता स्वास्थ्य मन्त्रालय अन्तरगत खोप व्यावस्थापन उप–समुहले भारतबाट केही महिना खोप निर्यात नगर्ने समाचार झुटो रहेको दावि गरेको छ । अरू देशलाई निर्यात थाल्नुअघि भारतलाई १० करोड मात्रा उपलब्ध गराउन कम्पनीले सहमति भएको भएपनि अन्य देशमा निर्यात नहुने कुरा भारतले नगरेको समुहको भनाई छ ।

हुन त विश्वकै ठूलो खोप उत्पादक कम्पनी सेरमले गरिब मुलुकका लागि १ अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरेको छ । यता नेपाल सरकार, भारत सरकारल खोप उपलब्ध गराउने अपेक्षामा छ । भारतले सीरमस“ग अक्सफोर्डको खोप खोप खरिद गर्दा नेपाललाई पनि २० प्रतिशत पुग्नेगरी थप खरिद गर्न र त्यसको भुक्तानी लिन सरकारले भारतसंग ताकेता गरिरहेको छ । संक्रामक रोग विज्ञ डाक्टर शेरबहादुर पुन तत्काल खोप नेपाल आउनेमा संका रहेको बताउनु हुन्छ । खोप उत्पादन गर्ने मुलुकले पहिलो प्राथमिकता आप्mनै नागरिकलाई दिने भएकाले नेपालले अहिलेनै खोप पाउने अबस्था नरहेको पुनको दावि छ । पुनका अनुसार कुटनीतिक पहल गर्ने हो भने कोभ्याक्स र भारतबाट केही महिनापछि खोप पाउन सक्ने अबस्था रहेकोले सरकारले यसको पहल गर्नु पर्ने र नागरिकहरुले केही महिनासम्म जनस्वास्थ्यको मापदण्ड अंगिकार गर्नु पर्ने बताउनु भयो ।

त्यसो त नेपाल सरकारले विश्वकाअरु मुलुकले आप्mना नगरिकलाई खोप प्रयोग गर्न सुरु गरेकै समयमा नेपाललेपनि नागरिकले पनि खोप लाउन प्रलोभ बाढेको थियो । खोप निर्यातका लागि समिती सहित अध्यादेशनै जारी गरेको छ । तर, भारतको सो निर्णयले सरकारले तत्काल खोप ल्याउने र पहल गर्ने ढोका बन्द भएको छ । अर्कोतिर, विश्वभरका विकासोन्मुख सरकारका सरकार प्रमुख खोप आयात आप्mनो मुलुकमा कसरी गर्ने भनेर विज्ञ संग र खोप निर्माण कम्पनीहरुसंग निरन्तर संवाद र छलफलमा व्यस्त छन् । तर, नेपालमा भने सत्तारुढ दल भित्रैको आन्तरिक कलह, रडाकोका कारण खोप आयातदेखि कोभिड–१९ को संक्रमण नियन्त्रण सम्ममा नकरात्मक असर पुगेको छ । यसर्थ आधारभूत आबश्यकता स्वास्थ्य जस्तो गम्भिर क्षेत्रमा सबैको सहकार्य र जुझारुपन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com