ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता

काठमाडौँ,  ३ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनुभयो । “भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ”, उहाँले भन्नुभयो, “भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ ।”

उहाँले विश्व बजारमा सहजरुपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो ।

उहाँले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागि परेको जनाउनुभयो । “अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

काठमाडौं, १९ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी,

सम्बन्धित

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

प्रधानमन्त्री ओली चिडियाखाना अवलोकन (फोटोफिचर)

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता : दुवै पक्ष सकारात्मक

दलभन्दा विधिलाई प्राथमिकता राखी नेकपाको विवाद टुंगो लगाउनु पर्छ – आयुक्त उप्रेती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com