ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे लेखाकाे ठहर : कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने


एबीसी / संवाददाता

काठमाडौं , ३ पुस ।  प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसङ्गत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गएको चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसङ्गत नभएको ठहर गर्दै छानबिन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै समिति सचिव डा। रोजनाथ पाण्डेले को–कसले अनियमितता गर्नुभएको छ छानबिन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज माननीय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो । माननीय सदस्यहरूले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड–१९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार, विमर्श गर्ने क्रममा समिति के निष्कर्षमा पुग्यो भने यो खरिद प्रक्रिया पूर्णरूपमा नियमसङ्गत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरूको संलग्न हुनुहुन्छ, उहाँहरू दोषी हुनुहुन्छ । दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानबिन गरेर को–को दोषी हुनुहुन्छ, क–कसले अनियमितता गर्नुभएको छ, त्यो कुरा पहिचान गरेर कानुनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखि पाउने गरी निर्णय भएको छ । त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौँ र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ ।’

समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो । कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने औषधि र स्वास्थ्य सामग्री खरिद गर्न भन्दै स्वास्थ्य सेवा विभागले गएको चैत १२ गते ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलसँग सम्झौता गरेको थियो । ओम्नी समूहले सम्झौता भएको केही दिनमै ल्याएको सामग्री महँगो भएको भनेर विरोध भएको थियो ।

यस्तै सहमतिअनुसार सामग्री ल्याउन नसकेपछि सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो । शुक्रबारको बैठकमा सहभागी हुनुभएको स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्रीको हाहाकार भएको समयमा तत्काल आवश्यक सामग्री मगाउनु परेकोले सरकारले ओम्नी समूहसँग सम्झौता गरेको बताउनुभयो । सम्झौता भएको कम्पनी ओम्नी समूहले सामान ल्याउन नसक्ने भएपछि सम्झौता नै रद्द गरेर धरौटीसमेत जफत गरेको अवस्थामा भ्रष्टाचार भयो भनेर भन्न नमिल्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

काठमाडौं, १९ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी,

सम्बन्धित

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

प्रधानमन्त्री ओली चिडियाखाना अवलोकन (फोटोफिचर)

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता : दुवै पक्ष सकारात्मक

दलभन्दा विधिलाई प्राथमिकता राखी नेकपाको विवाद टुंगो लगाउनु पर्छ – आयुक्त उप्रेती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com