ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सन्दर्भ अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस : व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धाले न्यायोचित भर्ना चुनौतीपूर्ण


एबीसी / संवाददाता

काठमाडौं, ३ पुस। वैदेशिक रोजगार व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यायोचित भर्ना प्रक्रियाको कार्यान्वयनमा अझ चुनौती थपेको पाइएको छ । गन्तव्य मुलुकका कतिपय रोजगारदाता कम्पनीले श्रमिक भित्र्याउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भए पनि म्यानपावर कम्पनीबीच मागपत्र ‘हत्याउने’ होडबाजी चल्दा न्यायोचित भर्ना प्रभावित हुँदै आएको छ ।

मागपत्र आफ्नो पक्षमा पार्न रोजगारदाता कम्पनीलाई अनुचित प्रभावमा पार्नका लागि म्यानपावर कम्पनीले प्रयत्न गर्दा न्यायोचित भर्ना जटिल देखिएको सरोकारवालाको ठम्याइ छ । वैदेशिक रोजगारी प्रक्रियामा रहेको बेथिति रोक्न र न्यायोचित भर्ना प्रक्रियाको कार्यान्वयन गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने यस क्षेत्रका जानकारको भनाइ छ ।

अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवसका सन्दर्भ पारेर अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र श्रम रोजगार पत्रकार समूहले संयुक्तरुपमा आयोजना गरेको ‘न्यायोचित भर्ना प्रक्रियामा देखिएको चुनौती र अवसर’ विषयक अन्तक्र्रियामा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे मलेसियाका कतिपय रोजगारदाताले श्रमिकको सम्पूर्ण खर्च व्यहोर्ने भए पनि म्यानपावर कम्पनीले श्रमिकसँग अतिरिक्त शुल्क उठाइरहेको पाइएको बताउनुभयो ।

“व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गरिरहुनभएको छ, रोजगारदाताले श्रमिकको सम्पूर्ण खर्च व्यहोर्ने अवस्था हुँदाहुँदै पनि उहाँहरु ९व्यवसायी०ले नेपालमा श्रमिकसँग अतिरिक्त शुल्क उठाउँदा समस्या आएको छ”, उहाँले भन्नुभयो, “व्यवसायीले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीअनुसारको सेवा शुल्क पाउँछन्, श्रमिकले अतिरिक्त शुल्क तिर्नु पर्दैन ।”

मागपत्र प्रमाणीकरणमा जालझेल नहोस् भनेर क्वालालम्पुरस्थित नेपाली दूतावासले रोजगारदाता कम्पनीका सञ्चालक वा जिम्मेवार व्यक्तिको उपस्थितिमा मात्र मागपत्र प्रमाणीकरण गर्दै आएको छ । मलेसियाका अधिकांश रोजगारदाता दुई देशबीच भएको श्रम सम्झौतामा समेटिएको प्रवधान मान्न तयार छन् । राजदूत पाण्डेले रोजगारदाताले श्रमिकको सम्पूर्ण लागत र सेवा शुल्क दिन्छु भनेर भनिरहेको बताउनुभयो । दुई देशबीचको श्रम समझदारी पूर्ण कार्यान्वयनमा गएपछि न्यायोचित भर्ना प्रक्रियाले गति लिने उहाँको भनाइ छ ।

म्यानपावर व्यवसायी भने श्रमिकको सम्पूर्ण लागत रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्थाले समग्र वैदेशिक रोजगारीमा सङ्कुचन आउने जिकिर गर्छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले मलेसियासँग श्रम समझदारी हुँदा पर्याप्त छलफल नभएको, एकोहोरो र सस्तो लोकप्रियताका निम्ति ‘शून्य लागत’ भनिदिँदा व्यवसायीलाई अप्ठ्यारो परेको बताउनुभयो । उहाँले शून्य लागतको प्रावधान अन्यायपूर्ण रहेको र निजी क्षेत्रलाई ‘बाइपास’ गरेर ल्याइएको नीतिले गर्दा न्यायोचित भर्ना प्रक्रिया सफल हुन नसकेको जानकारी दिनुभयो ।

“मलेसियाका रोजगारदाता कम्पनीले नेपालबाट मात्रै श्रमिक ल्याउनुपर्छ भन्ने बाध्यकारी व्यवस्था छैन, नेपाली श्रमिकको कोटा नछुट्याइ श्रम समझदारी गरिएको छ । श्रमिकको तलब, सेवा, सुविधा सुनिश्चित गरिएको छैन”, उहाँले भन्नुभयो, “जबसम्म एक महिनाको तलब बराबरको सेवासुविधा र श्रमिक आफैँले टिकट काटेर विदेश जान नपाउँदासम्म न्यायोचित भर्ना प्रक्रिया सफल हुन सक्दैन ।”

विद्यमान प्रावधानले मलेसियामा नेपाली श्रमिकको माग घट्ने व्यवसायीको दाबी अस्वीकार गर्दै दूतावासले यसले श्रमिकसँगै व्यवसायीलाई पनि हित गर्ने प्रष्ट पारेको छ । “मलेसियाको सुरक्षा क्षेत्रमा विदेशीका रुपमा नेपालीलाई मात्र लिने गरिएको छ”, राजदूत पाण्डले भन्नुभयो, “यसले गर्दा नेपाली श्रमिकको माग घट्ने अवस्था छैन । विस्तारै श्रम समझदारी कार्यान्वयनमा गएपछि न्यायोचित भर्ना प्रक्रिया अगाडि बढ्छ ।” तथ्याङ्कले मलेसियामा नेपाली श्रमिकको माग घटेको नदेखिएको उहाँको भनाइ छ ।

आइएलओको न्यायोचित भर्ना परियोजनाकी प्रमुख नेहा चौधरीले श्रमिकको न्यायोचित भर्नासम्बन्धी कानून र संरचना हुँदाहुँदै पनि कार्यान्वयन पक्ष फितलो देखिएको बताउनुभयो । न्यायोचित भर्नाको परिभाषामै व्यापक छलफल गर्न जरुरी रहेको औँल्याउँदै उहाँले ‘फ्रि भिसा, फ्रि टिकट’ मात्र नभई आप्रवासनको सबै तहमा श्रमिकको अधिकार सुरक्षित हुन नसकेको बताउनुभयो । “नेपाल सरकारले विभिन्न गन्तव्य मुलुकसँग श्रम सम्झौता गरेको छ, तर कार्यान्वयनमा कति प्रगति भयो भनेर हेर्न जरुरी छ”, उहाँले भन्नुभयो, “नीति निर्माणमा सरोकारवालाको परामर्श लिन सकेको देखिएन, जसले गर्दा नीति कार्यन्वयनमा पनि समस्या देखियो ।”

एउटा संस्थाले चाहेर मात्र न्यायोचित भर्ना सफल नहुने भन्दै उहाँले स्रोत मुलुक मिलेर संयुक्तरुपमा अगाडि बढ्न सुझाव दिनुभयो । श्रमिकको भर्ना प्रक्रियालाई न्यायोचित बनाउन विभिन्न मुलुकमा आइएलओ परियोजनाले काम गर्दै आएको छ । नेपालमा मात्र नभई गन्तव्य मुलुकमा पनि रोजगारदाता र श्रमिकको क्षमता अभिवृद्धिमा आइएलओले सहयोग पु¥याउँदै आएको छ ।

वैदेशिक रोजगार क्षेत्रको नियामक निकायका रुपमा रहेको वैदेशिक रोजगार विभाग न्यायोचित भर्ना प्रक्रियालाई सफल बनाउन म्यानपावर व्यवसायी नै बढी जिम्मेवार हुनुपर्ने ठह्याउँछ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्ला समय श्रमिकलाई अनेक प्रलोभन देखाउने, दलालको प्रयोग गर्ने क्रम बढेको भन्दै व्यवसायीले ‘कर्पोरेट’ इमान्दारिता प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

वैदेशिक रोजगार क्षेत्रमा रहेका अव्यवहारिक नियम रहेसम्म न्यायोचित भर्ना प्रक्रिया सफल नहुने सङ्घको धारणा छ । “आजको दिनमा वैदेशिक रोजगार बाध्यता रहेको छ, जबसम्म यसलाई विकल्प बनाउँदैनौँ त्यस बेलासम्म न्यायोचित भर्ना प्रक्रिया सफल हुन सक्दैन”, सङ्घका महासचिव श्रेष्ठले भन्नुभयो । एक जना श्रमिक पठाउन निकै ठूलो लागत लाग्ने र वैदेशिक रोजागरीमा श्रमिक पठाउने स्रोत मुलुकबीचको फरक व्यवस्थाले न्यायोचित भर्ना कार्यान्वयनमा कठिनाइ आएको उहाँको भनाइ छ ।

सरकारले वैदेशिक रोजगार व्यवसायीलाई खाडीका कतिपय मुलुकमा श्रमिक पठाएबापत सेवा शुल्क प्रतिश्रमिक रु १० हजार लिन पाउने व्यवस्था गरेको छ । तर म्यानपावर कम्पनीले श्रमिकसँग लाखौँ रुपैयाँ अवैधरुपमा असुल गरिरहेका छन् । व्यवसायी भने सरकारले तोकेको सेवा शुल्क लिएर व्यवसाय सञ्चालन गर्न नसकिने बताउँछन् । “प्रतिश्रमिक १० हजार सेवा शुल्कले कार्यालय सञ्चालन गर्न पनि पुग्दैन”, महासचिव श्रेष्ठले भन्नुभयो, “एक महिनाको पारिश्रमिक बराबरको सेवा शुल्क र श्रमिक आफैँले हवाई टिकट काटेर जाने व्यवस्था नभएसम्म न्यायोचित भर्ना सम्भव छैन ।”

मलेसियाका लागि नेपाली राजदूत पाण्डेले यसअघि गरिएको श्रम समझदारीमा रोजगारदाताले व्यवसायीलाई श्रमिक पठाएबापत आधा महिनाको तलब बराबरको सेवा शुल्क दिने व्यवस्थामा परिवर्तन गरी एक महिनाको बनाउनका लागि पहल गर्ने बताउनुभयो । उहाँले व्यवसायीबीच अवस्थ प्रतिष्पर्धाका कारण समस्या आएको बताउनुभयो । “मलेसियाको हकमा ‘रेस्पोन्सिबल बिजनेस एलायन्स’ ९आरबिए० अन्तर्गतका कम्पनीले हिजो पनि श्रमिकको हवाई टिकट र सेवा शुल्क दिएका थिए । हाल तिनै कम्पनीमा टिकट पनि पर्दैन, सेवा शुल्क पनि नेपालबाटै दिन्छौँ भन्दै व्यवसायीबीच अवस्थ प्रतिस्पर्धा रहेको छ”, उहाँले भन्नुभयो, “व्यवसायीले प्राप्त गर्ने सेवा शुल्क एक महिनाको पारिश्रमिक बराबरको बनाउन नेपाल र मलेसियाका अधिकारीको संयुक्त बैठकमा कुरा राख्छौँ ।”

आइएलओ परियोजनाकी प्रमुख चौधरीले न्यायोचित भर्ना प्रक्रियाले श्रमिकको उत्पादकत्व अभिवृद्धि भएको अध्ययनबाट देखिएको बताउनुभयो । स्वच्छ भर्ना प्रक्रियाबाट सबैलाई लाभ मिल्ने उहाँको भनाइ छ । न्यायोचित भर्ना प्रक्रियालाई विश्वव्यापी महामारी कोभिड–१९ ले चुनौती थपेको उल्लेख गर्दै उहाँले न्यायोचित भर्नालाई प्रोत्साहित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिडबाट प्रभावित व्यवसायीको व्यावसायिक वातावरणलाई जोगाउन राहतको प्याकेज ल्याउनुपर्ने र राहत प्याकेजमा सबै व्यवसायीको पहुँच सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।

राजदूत पाण्डेले न्यायोचित भर्ना प्रक्रियालाई पारदर्शी बनाउन व्यवासयीलाई आग्रह गर्दै म्यानपावरले गन्तव्य मुलुकबाट सेवा शुल्क नपाए शुल्क भुक्तानीका लागि दूतावासले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सेवा शुल्क वृद्धि गर्न हामी पहल गर्न तयार छौँ तर व्यवसायी अपारदर्शी ढङ्गले अस्वस्थ्य प्रतिस्पर्धा गर्नु भएन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वभर कोरोना निको हुनेको संख्या ९ करोड १० लाख नाघ्यो

काठमाडौं, १९ फागुन । विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

काठमाडौं, १८ फागुन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा जानुभयो । त्यसक्रममा उहाँ जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

काठमाडौं, १८ फागुन । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ ९सुरक्षा नियकाहरुको प्रमुख० विपिन

सम्बन्धित

विश्वभर कोरोना निको हुनेको संख्या ९ करोड १० लाख नाघ्यो

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई आग्रह

आगलागीबाट ताप्लेजुङको दोभानमा करिब तीन दर्जन घर जले, आगो नियन्त्रणतर्फ

ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com