ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित – सन्तोष साह


एबीसी / संवाददाता
पुस ३, २०७७ शुक्रबार  १० : ३६ बजे

काठमाडौं, ३ पुस । नेपाली सेफ सन्तोष साहले नेपाली खानालाई विश्वसामु पुर्याउन पाउँदा खुशी लागेको बताउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीन हुनु भएका उहाँले आफूले उपाधि जित्न नसके पनि आफ्नो सपना पूरा भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा साहले नेपाली खाना विश्वसामु पुर्याउने आफ्नो सपना साकार भएको लेख्नु भएको छ । प्रतिस्पर्धाको यो यात्रा लामो र अविस्मरणीय भएको उहाँले उल्लेख गर्नु भएको छ । यस्तै, उहाँले आफूलाई साथ, सहयोग र माया गरेकोमा धन्यवाद दिनु भएको छ ।

मास्टरसेफ यूकेको उपाधि नजिते पनि उहाँले फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पुर्याउन सफल हुनुभयो । आफ्नो जित नभए पनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको उहाँको भनाइ छ । साहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताउनु भएको छ ।

३५ वर्षका साहले भन्नु भएको छ स् ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु ।’ प्रतियोगिताका हरेक चरणमा सन्तोष साहले नेपाली खाना नै पस्किरहनु भयो । विश्वमै लोकप्रिय बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष सम्भवतः पहिलो नेपाली हुनुहुन्छ ।

सिरहाको कर्जन्हाका साह एसएलसी ९एसईई० अनुत्तीर्ण भएपछि १५ वर्षको उमेरमा भारत पस्नु भएको थियो । भाँडा माझ्ने कामबाट भान्छाको काम सुरु गरेका उहाँपछि पाँच तारे होटलको एक्जुकेटिभ सेफ समेत बन्नुभयो ।भारतबाट बेलायत गएपछि उहाँले त्यहाँ प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलमा हेड सेफ भएर काम गर्नु भएको थियो ।

सानैमा बुबा गुमाएका सन्तोषले आफूले प्राप्त गरेको सफलतामा आमाको ठूलो हात रहेको र सफलताको श्रेय आमालाई जाने बताउँदै आउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको बिजेता बेलायतका २५ वर्षका एलेक्स वेब हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com