ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशबाट आउने भयो ५० हजार टन युरिया मल


एबीसी / संवाददाता
पुस २, २०७७ बिहीबार  ७ : १७ बजे

काठमाडौं, २ पुस ।   नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउन सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो ।

कृृषि सामग्री कम्पनी लिमिटेड र बङ्गलादेश केमिकल इण्डस्ट्रिज कर्पोरेशन (सीसीआईसी) बीच मल खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो हस्ताक्षरपछि तीन महिनाभित्र बङ्गलादेशले नेपालमा युरिया निर्यात गरिसक्नुपर्नेछ ।

सम्झौता भएको ५० हजार टन युरिया मल चार चरणमा नेपाल आउने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको मल अबको १५–२० दिन भित्रै नेपाल आउने छ । चार चरण गरी दुई महिनाभित्र ५० हजार टन युरिया मल नेपाल आउने उहाँले बताउनुभयो । यो मल आएपछि हिउँदे बालीका लागि युरिया मलको अभाव नहुने उहाँको भनाइ छ । ढिलै भए पनि बङ्गलादेशसँग मल खरिदका लागि सम्झौता भएको हो । गएको भदौमा नेपाल र बङ्गलादेश सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा पैँचोमा मल ल्याउने मौखिक सहमति भएको थियो । तर बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने बताए पनि पछि खरिद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com