काठमाडौं, २ पुस । गएको २४ घण्टामा नेपालमा थप सात सय ७६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ६ हजार पाँच सय ८८ जनाको पीसीआर परीक्षण भएको छ । नेपालमा बिहीबार सक्रिय सङ्क्रमितको सङ्या नौ हजार पाँच सय ८० रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नौ सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४० हजार तीन सय ६३ पुगेको छ ।
यस्तै, गएको २४ घण्टामा ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ४९ पुगेको छ ।








प्रतिक्रिया दिनुहोस्