ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रे–१ प्रदेश ‘ख’ र काभ्रे–२ प्रदेश ‘क’ मा एमाले


admin

बनेपा, २५ मंसिर ।  काभ्रेपलाञ्चोकको क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ ।

उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत प्राप्त गर्नुभयो भने काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका लक्ष्मण लम्साल विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले पराजित गर्नुभयो । लम्सालले २७ हजार ६२१ मत प्राप्त गर्नुभयो भने काँग्रेसका आचार्यले १६ हजार ५८९ मत प्राप्त गर्नुभयो ।

यसअघि क्षेत्र नं १ प्रदेश ‘क’ मा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल २५ हजार १०६ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

काभ्रे– १ मा वाम गठबन्धन 

काभ्रेपलाञ्चोकको क्षेत्र नं १ तथा प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ ।

क्षेत्र नं १ मा वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का गंगाबहादुर तामाङ (दोङ) विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनका तीर्थ लामालाई चार हजार २६ मतले पराजित गर्नुभयो । तामाङले ४३ हजार ६३१ मत तथा काँग्रेसका लामाले ३९ हजार ६०५ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गंगाबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभयो । लामाले २४ हजार ४७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभयो । क्षेत्र नं १ मा कूल एक लाख ३३ हजार ५१४ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com