ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार जिल्लामा तत्काल विद्यालय खोल्न हतार नगरौँ


एबीसी / संवाददाता
मंसिर ३०, २०७७ मंगलबार  ८ : १४ बजे

काठमाडौँ, ३० मङ्सिर। कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका तीन जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताउनुभयो ।

उहाँले देशभरका कुल सङ्क्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका तीन जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहरी क्षेत्र भएको र वैकल्पिक विधिमध्ये अनलाइन माध्यमबाट कक्षासमेत सञ्चालन भइरहेको अवस्थामा भौतिक रूपमा नै कक्षा सञ्चालनका लागि बेला भएको छैन । ” कोरोना प्रभावित अन्यन्त कम भएका जिल्लामा भने स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रवक्ता डा. गौतमले जोखिम कम भएका जिल्लामा पाँच, छ जना मात्र सङ्क्रमित भएको अवस्थामा भने सावधानीपूर्वक विद्यालय सञ्चालन गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले विद्यालय खुलाउँदा शिक्षक तथा विद्यार्थी दुवैले स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भौतिक दूरी कायम गर्ने, नियमित प्रार्थना बन्द गर्ने तथा आपसी भेटघाट कम र विद्यालय सञ्चालन हुने समय व्यवस्थापन गरेर कक्षा सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।

महानगरमा समय लाग्छ
कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिम कम नभएपछि काठमाडौँ महानगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुग्न सकेको छैन । उपत्यकाका अन्य नगरपालिकाले विद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि सङ्क्रमणको सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको काठमाडौँ महानगरमा विद्यालय सञ्चालनमा आउन केही दिन लाग्ने देखिएको छ । महानगरपालिकाका शिक्षा प्रमुख नमराज ढकालले विद्यालय सञ्चालनका विषयमा महानगरपालिकाले हतार नगरेको तर सरोकारवालासित छलफल भने जारी राखेको जानकारी दिनुभयो । उहाँले उपत्यकामा मात्रै विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी तीन लाखभन्दा बढी रहेको र २० वटा स्थानीय तहबाट विद्यार्थी काठमाडौँ महानगरमा आउजाउ गर्ने भएका कारण विद्यालयको सञ्चालन जोखिमपूर्ण हुने आशङ्का गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com