ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीका निर्वाचित उमेद्वारहरु


admin

गौशाला, २५ मंसिर ।  महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले नौ हजार २७७ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यस्तै उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोखुल राय यादवले नौ हजार ३९३ मत ल्याउनुभएको हो । यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना अझै जारी रहेको छ ।
यसैगरी महोत्तरी जिल्लाको क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा राजपा नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ मा राजपा नेपालका अभिराम शर्माले ९,११७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रामआधार कापरले ५,५०९ ल्यानुभएको छ ।

त्यस्तै प्रदेशसभा ‘ख’ मा पनि राजपा नेपालकै रानीकुमारी तिवारीले ७,४३० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सुरेश साह सोनारले ५,५९८ मत ल्याउनुभएको छ ।

यसअघि गएराति करिब ७ बजे (यस क्षेत्र) निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राजपा नेपालका संयाजक महन्थ ठाकुरले २७ हजार पाँच मत ल्याएर विजयी हुनुभएको छ ।

महोत्तरी जिल्ला क्षेत्र नं २ मा राजपा नेपालको प्यानल विजयी भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले ३० हजार ७२२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा (क) मा राजपा नेपालकै जयनुल राइनले
१४ हजार ५५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीलकुमार यादवले छ हजार ४७८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख) मा पनि राजपा नेपालकै सुरिताकुमारी साह १५ हजार ४४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै राजकरणप्रसाद साह सुडीले छ हजार ४९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com