ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी


admin
मंसिर २४, २०७४ आईतबार  १ : १७ बजे

गुल्मी, २४ मंसिर। गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको गुल्मीको क्षेत्र नं १ बाट एमालेका प्रदीपकुमार ज्ञवाली र क्षेत्र नं २ बाट गोकर्णराज विष्ट विजयी हुनुभएको छ ।

ज्ञवालीले ३७ हजार ५५० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीले २९ हजार ४५० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी विष्टले ३४ हजार ६१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै चन्द्रबहादुर केसीले २० हजार १५६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

क्षेत्र नं १ प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका सुदर्शन बराल र एमालेका कमलराज श्रेष्ठ विजयी हुनुभएको छ । बरालले १७ हजार ९१० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पृथबहादुर फौदारले १३ हजार २९९ मत प्राप्त गर्नुभयो । त्यस्तै श्रेष्ठले १९ हजार ५५१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै धनेन्द्रबहादुर कार्कीले १६ हजार ३३७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी क्षेत्र नं २ प्रदेशसभा सदस्यमा एमालेका खडकबहादुर केसी र माओवादी केन्द्रका दिनेश पन्थी विजयी हुनुभएको छ । केसीले १६ हजार १६५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शालिक पन्थीले ११ हजार ६७३ मत प्राप्त गर्नुभयो भने पन्थीले १७ हजार ६०१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै छन्दबहादुर पहराईले नौ हजार ५६५ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com