इनरुवा, २४ मंसिर । सुनसरी क्षेत्र नं १(क)मा नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार प्रदीप भण्डारी विजयी हुनुभएको छ ।
आइतबार बिहान ६ बजे सार्वजनिक भएको मतपरिणामअनुसार भण्डारी १९ हजार २४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर राईले १३ हजार ७७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।
सुनसरी–४(क)मा एमाले विजयी
क्षेत्र नं ४(क)मा एमालेका जगदीशप्रसाद कुसियत प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
कुसियतले १६ हजार ६९० र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेवतीरमण दुलालले १५ हजार २८२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो ।
नेता कुसियतले जंगली जनावरको आक्रमण नियन्त्रण गर्न र कोशी बाढीपीडितका क्षतिपूर्ति दिलाउनका लागि विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्