ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को जाडोयामसम्ममा कोरोना महामारी सामान्य हुने खोप निर्माताको भनाइ


एबीसी / संवाददाता

काठमाडौँ, १ मङ्सिर।  खोप निर्माताहरूले आउँदो वर्षको जाडोयाससम्म कोरोना महामारी सामान्य अवस्थामा आउने बताएका छन् ।

औषधि उत्पादक कम्पनी बायोटेकका सह संस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइ पहुँचमा उल्लेख्य वृद्धि हुने र त्यसको असरले अर्को जाडो सुरु हुँदासम्म महामारी सामान्य अवस्थामा आउने बताउनुभएको बीबीसीले जनाएको छ ।

बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपले ९० प्रतिशत मानिसलाई कोरोना लाग्नबाट बचाउने दाबी गरेको थियो । झण्डै ४३ हजार जनाले यो खोपको परीक्षणमा सहभागिता जनाएका थिए । यो सफलतासँगै अहिले विश्वमा कोरोना महामारीप्रतिको गम्भीर चिन्ता कम हुँदै गएको खबरमा उल्लेख छ ।

बीबीसीको वान्स एन्ड्रियु मार शो कार्यक्रममा प्राध्यापक सहिनले खोपले मानिसबीचको सङ्क्रमण घटाउने र खोप लगाएका कसैमा पनि लक्षण विकास हुनबाट रोकिने आशा व्यक्त गर्नुभएको छ ।

यो वर्षको अन्त्यसम्म बेलायतले बायोटेकरफिजर कम्पनीको खोप १० लाख डोज प्राप्त गर्ने बताइएको छ, बेलायतले यसअघि नै तीन करोड खोपको डोजको अर्डर गरिसकेको छ । अहिले ६ देशमा परीक्षण भइरहेको खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com