ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब माइक्रोसफ्ट टिममा एकैपटक १००० जना जोडिन सक्ने


एबीसी / संवाददाता

काठमाडौं, २८ कात्तिक । लोकप्रिय भिडियो कन्फ्रे न्सिङ प्लाटर्फम माइक्रोसफ्ट टिम्समा अहिले अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेन्सिङमा सहभागी हुन सक्दछन् ।

तर महामारीका कारण विश्वमा बढिरहेको भिडियो कन्फ्रे न्सिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लाटर्फममा सहभागीको संख्या बढाउने तयारी गरेको छ । जस अनुसार अब निकट भविष्यमा माइक्रोसफ्ट टिम्समा एकैपटकमा १ हजार जना सहभागी भएर भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् । आफ्नो ०००० योजना अन्तर्गत कम्पनीले यस्तो खुलासा गरेको हो । जसमा कम्पनीले भनेको छ, ‘अब १ हजार जना सम्म सहभागी भएर अन्तरक्रियात्मक बैठक गर्नुस् ।’

यद्यपि माइक्रोसफ्ट टिम्समा सहभागी संख्याको सीमा कहिले बढ्ने भन्ने मिति टुंगो लागिसकेको छैन । गत जुलाई देखि नै तयारी सुरु गरिएको यो फिचर आगामी डिसेम्बरमा लञ्च हुने अपेक्षा गरिएको छ ।

गत अगष्टमा माइक्रोसफ्टले नयाँ उच्चस्तरीय सञ्चार योजनाको घोषणा गर्दै माइक्रोसफ्ट ३६५ तथा अफिस ३६५ का सशुल्क प्रयोगकर्ताले लाइभ इभेन्टमा २० हजारसम्म सहभागी माइक्रोसफ्ट टिम्समा जोडिनसक्ने फिचर सुरु गरेको थियो ।

माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेलाले गत हप्ता एक घोषणा गर्दै माइक्रोसफ्ट टिम्सका दैनिक प्रयोगकर्ता ११ करोड ५० लाख रहेको जानकारी दिएका थिए । उनका अनुसार माइक्रोसफ्ट टिम्समा अहिले दैनिक ३० अर्ब मिनेट अन्तरक्रिया हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com