ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी अनुमोदनका लागि परराष्ट्रको निर्देशनअनुसार काम गर्छु – डाक्टर खतिवडा


एबीसी / संवाददाता

काठमाडौं, २७ कात्तिक । अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले अमेरिकी नियोगको सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) का सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताउनुभएको छ ।

सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशनअनुसार काम गर्ने बताउनुभयो ।

एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरूलाई सच्याउने र फरक बुझाइका विषयमा स्पष्ट पार्न सहजीकरण गर्ने उहाँले बताउनुभयो । सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताउनुभयो ।

अमेरिकाले एमसीसी परियोजना लागू गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरू त्यहाँका अधिकारी समक्ष पुर्‍याएर सहजीकरण गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो म सरकारमा थिए । एमसीसी पास गर्नलाई निर्णायक भूमिका थिएँ । अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ, त्यो निर्देशन मात्रै पालना गर्ने तहमा छु । मेरा निजी विचार होलान् तर सरकारको निर्देशन पालना गर्ने हो । व्यक्तिगत भूमिका भन्नुपर्दा यहाँ जे कुराहरू उठेका छन् । केही उपयुक्त कुरा पनि उठेका छन्, केही फरक कुरा पनि उठेका छन् । हाम्रो बुझाइले फरक भएका कुराहरू बुझाउने काम हुन्छ । त्यसमा स्पष्ट गर्नुपर्ने कुरा गरौँला । उहाँहरुले पनि भन्नुभएका कतिपय कुराहरूमा छलफल गरेर अगाडि बढ्न सकिन्छ भन्नुभएको छ । हाम्रो नेपालमा विकासको मात्र स्वार्थ छ, त्योभन्दा अरु कुनै स्वार्थ छैन भनेर अमेरिकाले भनिरहेको छ । नेपालमा उठेका कुराहरु त्यहाँ लगेर छलफल गरेर यी कुराहरु यस्तो भन्दा उहाँहरुको पनि समझदारी बनाउन सकिन्छ ।’

अहिले नेपालमा यूएसएआडीले पनि ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै खतिवडाले त्यो सहयोगलाई नेपालको हित, प्राथमिकता र राष्ट्रिय बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने पनि बताउनुभयो ।

आफूविरुद्ध परेका उजुरीहरूमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भए पनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको बताउनुभयो । २० औँ वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारबाहीमा परेका, कर छलीमा परेका र बैंकिङ कसुरमा कारबाहीमा परेकाहरूले उजुरी गर्नु सामान्य भएको उहाँले बताउनुभयो ।

उहाँले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गर्नुभयो । कर प्रणालीलगायतमा केही गलत भएको भए छानबिन गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘संसदमा छलफल भएर कर प्रस्तावमा आएका कुराहरूमा पर्याप्त बहस भएका छन् । कमी छन् भने छानबिन गर्नुपर्छ । संसदीय समितिहरूले हेर्न सक्छन्, हेर्नुपर्छ । कहिलेकाहीँ असल नियतले काम गर्दा गल्ती भएको हुन सक्छ । कहिले नियतै खराब भएर पनि काम गरेको हुन सक्छ । यो पदमा रहँदा मात्र हैन पदपछि व्यहोर्नुपर्ने कुरा हो । मैले गरेको कामको जवाफेहिता मैले लिन्छु । अर्थमन्त्रीको कार्यकाल सकियो भनेर मैले उन्मुक्ति पाउँदिन ।’

खतिवडाले आफुले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको बताउनुभएको छ । सङ्घीय सरकारको मन्त्रीसमेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसद्को प्रश्नमा उहाँले सङ्घका मन्त्रीहरू प्रदेशमा गएर मन्त्री बनेका छन् भन्नुभयो । उहाँले प्रोटोकल भावना, कानुनी र मर्यादाको कुरा भएको उल्लेख गर्दै कतिपय मन्त्री भएका व्यक्तिहरू राजदूत भएको बताउनुभो ।

उहाँले भन्नुभयो, ‘कहाँ भूमिका आवश्यक पर्छ, त्यहाँ निभाउने हो । राज्यले दिएको जिम्मेवारीमा मेरो प्रोटोकल मिलेन कि भन्दा आफूले जे भूमिका निर्वाह गर्न सकिन्छ त्यो भूमिका खोज्ने हो । अमेरिकाको राजदूत हुनका लागि कहिले पनि प्रस्ताव गरेको होइन । सरकारले त्यहाँ सिफारिस गरेको छ र जाने हो । मैले त्यहाँ पनि मन्त्री सरहकै प्रोटोकल हुन्छ भनेर सुनेको छु । सिफारिस भयो भने त्यो कुरामा स्पष्ट पनि हुँला ।’

उहाँले नेपालको स्वाधिनता, सुरक्षा र राष्ट्रिय हित, दिगो शान्तिका लागि कुटनीतिक सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न दुईपक्षीय र बहुपक्षीय सहयोग जुटाउन भूमिका खेल्ने पनि बताउनुभएको छ । नेपालमा बाह्य लगानीको आवश्यकता रहेकाले उच्च सम्भावना भएका क्षेत्रमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिकाबीच भन्साररहित व्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्नेतर्फ सहयोग गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com