ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्धारा बाइडेनलाई बधाई :सँगै काम गर्न इच्छुक रहेको भनाई


एबीसी न्यूज

काठमाडौं, २४ कात्तिक ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।उहाँले आइतबार ट्वीट गरेर उहाँहरुलाई बधाई ज्ञापन गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै उहाँले सो बधाईसँगै आफू पनि उहाँहरुसँग काम गर्न इच्छुक रहेको बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गर्नुभएको छ ।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गर्नुभएको छ ।आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।

त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिदै सो प्रसंग उल्लेख गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com