ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरीमा दुई बालिकाको शव फेला


एबीसी न्यूज

धनुषा, ३ कात्तिक। दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् ।

शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । घरपरिवारले राति ८ः४५ बजे लक्ष्मीनियाँ प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए । प्रहरीमा खबर गरिएपछि खोजतलाश गर्ने क्रममा आइतबार साँझ स्थानीय बाबुजी यादवको पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

दुईसय ग्राम सुनसहित पक्राउ

जनकपुरबाट २०० ग्राम अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका– ४ का ३४ वर्षीय रामचन्द्र साह रहेको सशस्त्र प्रहरीले जनाएको छ । प्राप्त सूचनाका आधारमा बा१०च ३५६८ नंको इको भ्यानमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा जनकपुरको भ्रमरपुरा चोकबाट सो परिमाणको सुनसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणले जनाएको छ । बरामद गरिएको २०० ग्राम सुनको बजार मूल्य १६ लाख २३ हजार ८०० रहेको छ ।

गणका सशस्त्र प्रहरी निरीक्षक शम्भू कटवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट अवैधरुपमा चोरी पैठारी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार साँझ उक्त सुन र गाडी पक्राउ गरेको हो । सुनसहित गाडीको अन्दाजी मूल्य करिब रु ३१ लाख २३ हजार ८०० रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सुन र गाडी आवश्यक कानूनी कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कञ्चनपुर–३ मा कांग्रेसको ‘सरप्राइज स्विच’: रमेश लेखकको क्षेत्रबाट हरि बोहरा मैदानमा

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बने महावीर पुन

सम्बन्धित

कञ्चनपुर–३ मा कांग्रेसको ‘सरप्राइज स्विच’: रमेश लेखकको क्षेत्रबाट हरि बोहरा मैदानमा

कांग्रेस विवाद: देउवा पक्षको रिट न्यायाधीश पोखरेलको इजलासमा

शिक्षामन्त्री पुनले दिए राजीनामा

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com