ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाभाइरस: विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ ?


ABC NEWS

 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस प्रकोपलाई “प्यान्डेमिक” अर्थात् “विश्वव्यापी महामारी“को सङ्ज्ञा दिएको छ।

यसअघि चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणका लागि उसले उक्त शब्दावली प्रयोग गरेको थिएन।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले भाइरसको खतरनाक तहको सङ्क्रमणले निम्त्याएको गम्भीर चिन्ताका कारण अहिले यो पदावलीको प्रयोग गरिएको बताए।

विश्वव्यापी महामारी के हो?

 

प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई जनाउँछ।

डा. टेड्रोस

पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो।

त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएको विज्ञहरूको ठम्याइ छ।

यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै सङ्क्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ।

कोरोनाभाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्।

अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने उक्त सङ्क्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ।

यो शब्दावली अहिले किन प्रयोग गरियो?

कोरोभाइरस

BSIP

फेब्रुअरी महिनाको अन्त्यतिर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कोरोनाभाइरस विश्व्यापी महामारी बन्ने सक्ने पूर्ण सम्भावना भएको टिप्पणी गरेका थिए।

तर उक्त भाइरस अनियन्त्रित रूपमा विश्वभरि नफैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु नपरेको उनको भनाइ थियो।तर स्थितिमा केही परिवर्तन आयो। कोरोनाभाइरस सङ्क्रमण देखिएका देशको सङ्ख्या बढ्यो। अहिलेसम्म यो भाइरसको सङ्क्रमण ११८ वटा देशमा भेटिएको पुष्टि भएको छ।

कोभिड-१९ झन्डै एक लाख २५ हजार मानिसमा भएको पुष्टि भएको छ भने ४,६०० जनाभन्दा बढी ज्यान गुमाएका छन्।

भाइरसको सङ्क्रमण विस्तारमा भाषाको परिवर्तनले कुनै परिवर्तन ल्याउँदैन। तर देशहरूले यसको नियन्त्रण गर्ने प्रयासमा परिवर्तन ल्याउने डब्ल्यूएचओको आशा छ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले भनेका छन्, “केही देशहरू क्षमताको अभावका कारण सङ्घर्ष गर्दैछन्। केही देशहरूले साधनस्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा सङ्घर्ष गरिरहेका छन्।”

उनका अनुसार डब्ल्यूएचओले देशहरूलाई गरेको केही आग्रह यस्तो छ:

  • आपत्कालीन संयन्त्रलाई सक्रिय र क्षमता वृद्धि गर्न
  • मानिसहरूलाई यसको जोखिम र जोगिने उपायबारे बताउन
  • कोभिड-१९ बाट पीडित प्रत्येक व्यक्ति पत्ता लगाउन, तिनलाई अलग्याएर राख्न, परीक्षण गर्न, उपचार गर्न र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्न

– Reuters

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com