ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोका- पूर्वी रुकुमको पहिलो प्रत्यक्ष निर्वाचित महिला सांसद


admin
मंसिर २२, २०७४ शुक्रबार  ३ : ०५ बजे

काठमाडौँ, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बन्नुभएको छ । कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गर्नुभएको छ ।

माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महिला छापामारको रुपमा युद्धमा सहभागी हुने थोरैमध्ये रोका एक हुनुहुन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रुपमा मैदानमा उत्रनु भएको थियो । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याँकअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याउनुभएको थियो । सो निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

विसं २०४६ देखि नै राजनीतिमा लाग्नुभएका रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत हुनुभएको थियो । उहाँले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भई भूमिगत राजनीति शुरु गर्नुभएको थियो । छापामारको रुपमा उहाँ विभिन्न लडाइँमा अग्रभागमा रहेर लड्नुभएको थियो ।

माओवादीका नेताहरुका अनुसार उहाँ माओवादीको पहिलो महिला छापामारसमेत हुनुहुन्थ्यो । विसं २०३२ पुस १५ गते रुकुमको प्वाँङमा जन्मनुभएकी रोका ‘महिला कमजोर हुँदैनन्, पुरुष जतिकै सक्षम छन्’ भन्ने मान्यता स्थापित गर्न सफल हुनुभएको छ ।

उहाँ २०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य हुनुभएको थियो । विसं २०६१ सालमा माओवादीको केन्द्रीय सदस्यमा रुपमा निर्वाचित हुनुभएका रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ ।

रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मनुभएकी रोका लेखिकासमेत हुनुहुन्छ । कथा तथा निबन्धका साथै विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ समेत लेख्दै आउनुभएको छ ।

अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘दी सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रुपमा रोकालाई उल्लेख गरिएको छ । उक्त वृत्तचित्रमा साहसी महिलाको रुपमा नेकपा(एमाले)का नेत्री रामकुमारी झाँक्रीलाई समेत समेटिएको छ ।

युवा तथा खेलकुदमन्त्रीसमेत बन्नुभएको रोका प्रतिनिधिसभामा पूर्व रुकुमबाट निर्वाचित भएर नयाँ इतिहास रचना गरेको भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालको टिप्पणी छ ।

उहाँका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलको पूर्वअध्यक्ष हुनुहुन्छ । पूर्वी रुकुमबाट निर्वाचित भएपछि रासससँग कुरा गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकाले आफूलाई मतदान गर्ने मतदाता तथा आमजनताप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले प्रशासन, निर्वाचन आयोग, सुरक्षाकर्मीसहित सबै सरोकार भएकालाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ ।

जनतासमक्ष गरेको वाचा स्मरण गर्दै उहाँले भन्नुभयो – “विगतमा राजतन्त्रको अन्त्य गर्ने वाचा गरेका थियाँै । जनताले साथ दिएकाले मुलुकमा गणतन्त्र स्थापना भयो । संविधान लेख्ने कार्यभार लिएर जनतामा गयौँ र त्यो कार्य समेत पूरा ग¥यौँ । अहिले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा हामी वाम गठबन्धनका तर्फबाट निर्वाचित भएका छौँ । यो नै खुशीको विषय हो ।”

कान्छो जिल्ला पूर्वी रुकुममा भौतिक पूर्वाधारसहित जनतालाई सक्षम बनाउने अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँसँगै प्रदेश क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्तीले विजय हासिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com