ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीको तिनवटै सिटमा बामगठबन्धन विजयी


admin

म्याग्दी, २२ मंसिर । प्रतिनिधिसभा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी हुनुभएको छ । प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी हुनुभएको हो । थापाका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नुभएको छ । थापाले गर्वुजालाई २ हजार ३०८ मतले पराजीत गर्नुभएको छ । त्यस्तै म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क र ख दुबैमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।

निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ बर्षका गौचनलाई २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ । यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ । बिजयी उम्मेद्वारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ । बेनीमा बाम गठबन्धनका कार्यकर्ताले बिजयी उत्सब मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com