ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र बाइडेनबीचको बहसमा आरोप – प्रत्यारोप र अराजकतारअशिष्टता प्रदर्शन


एबीसी न्यूज

काठमाडौं, १४ असोज । राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच आज पहिलो बहस भयो । जुन बहसमा निकै आरोप प्रत्यारोप र अराजक आदानप्रदानहरु भए ।

ट्रम्पले बाइडेनको बुद्धिमतामाथि प्रश्न उठाए भने बाइडेनले ट्रम्पलाई ‘जोकर’ भने । बाइडेनले अमर्यादित तरिकाले ट्रम्पलाई तिमी चुप लाग समेत भने । बारम्बार ट्रम्पले बीचबीचमा बोल्दै अशिष्ट शैलीमा बाइडेनमाथि आक्रमण गरे ।

कैयनपटक दुबैजना एकैपटक बोलिरहे । संचालक क्रिस वालेसलाई पालोपालो बोल्न लगाउन हम्मे हम्मे समेत परेको थियो ।

कोरोनाको महामारीबाट २ लाखको ज्यान गएको प्रसंगमा ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अवस्था अझ खराब हुने दावी गरे । बहसमा ६ वटा शीर्षकमा छलफल भएको थियो भने हरेक शीर्षकका लागि १५ मिनेट छुट्याइएको थियो ।

बहसकै क्रममा ट्रम्पले आफूले मास्क बोकेर हिडेको भन्दै खल्तीबाट मास्क निकालेर देखाए । उनले आवश्यक परेको बेलामा मास्क लगाउने तर जतिबेला पनि बाइडेनले जस्तो मास्क लगाएर नहिड्ने बताए ।

सन् २०१६ र २०१७ मा कति ट्याक्स तिरेको भन्ने सन्दर्भमा संचालकले प्रश्न गर्दा ट्रम्पले आफूले लाखौं डलर तिरेको बताए । तर कति तिरेको भन्ने बताउन भने चाहेनन् ।

ट्रम्पले आफूले ४७ महिनामा धेरै काम गरेको बताउँदै भने – ‘तिमीहरुले ४७ बर्षमा गरेको भन्दा धेरै मैले ४७ महिनामा गरेको छु ।’

तर बाइडेनले भने – ‘यी राष्ट्रपतिका कारण हामी कमजोर, बिरामी, गरिब र विभाजित भएका छौं

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com