ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक अर्बपतिको रोचक अवसान कथा, जोसँग वकिलको फि तिर्ने पैसा समेत छैन


एबीसी न्यूज

काठमाडौं, १३ असोज । चाइनिज बैंकबाट लिएको ७०० मिलियन डलर कर्जाको विषयमा परेको मुद्धाको सुनुवाईको क्रममा एशियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाई अनिल अम्बानीले यूकेस्थित एक अदालतमा सुन्दै अचम्म लाग्ने कुरा गरेका छन् ।

उनले सो क्रममा भनेका छन् कि म अहिले सामान्य मान्छेजस्तो भएको छु र अति नै सामान्य जिन्दगी गुजारिरहेको छु ।

तपाईलाई सुन्दा अचम्म लाग्ला, अहिले उनको बैंक ब्यालेन्स लाखमा सीमित बन्न पुगेको छ । एक रिपोर्टअनुसार सन् २०२० को जनवरी १ मा उनको बैंक ब्यालेन्स २१ लाख भारु मात्र रहेको थियो ।

अनिल अम्बानीले अदालतमा मुद्धा लड्ने क्रममा आफ्ना वकिलको फिस भर्न उनले गहना बेचिरहेका छन् । अम्बानीका अनुसार २०२० जनवरीदेखि जूनसम्मको अवधिमा उनले ९।९ करोड भारु बराबरको गहना बिक्री गरेका छन् । अब बिक्री गर्नलायक कुनै पनि चिज उनीसँग अब बाँकी छैन ।

आफ्नो जीवनशैलीको विषयमा बोल्दै उनले आफूसँग अहिले एउटा मात्र कार रहेको बताएका छन् । ुमैले कहिले पनि ऐसआरामको जिन्दगी बाँचेको छैन । मसँग कहिल्यै पनि महंगा गाडीहरु हुन्थेन ।ु(उनले अदालतमा भनेका छन् ।

यूनाइटेड किंगडम अदालतले २२ मेमा भनेको थियो कि अनिल अम्बानीले २१ दिनभित्र करिब ५५०० करोड भारु तीन चाइनिज बैंकलाई तिर्नुपर्नेछ ।

अनिल अम्बानीले तिर्न सकेनन् । त्यसपछि १५ जूनमा इण्डष्टियल एण्ड कमर्सियल बैंक अफ चाइनाले अनिल अम्बानीलाई आफ्नो सम्पत्तिको विषयमा विस्तृत जानकारी दिन भनेको थियो । अम्बानीले जवाफमा भनेका छन् कि अहिले उनीसँग ७४ लाख भारु बराबरको मात्र सम्पत्ति रहेको छ ।

सन् २०१२ मा अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसनले तीन चाइनिज बैंकबाट ७०० मिलियन डलर बराबरको ऋण लिएको थियो । बैंकका अनुसार यो लोनका लागि अम्बानीले पर्सनल ग्यारेण्टी दिएका थिए । तर, अम्बानीले यही कुरालाई अहिले खण्डन गरिरहेका छन् । उनले आफूले सो लोनका लागि कहिल्यै पनि पर्सनल ग्यारेण्टी नदिएको बताइरहेका छन् ।

कुनै बेला यस्तो थियो, मुकेश अम्बानी र अनिल अम्बानीको सम्पत्तिमा थोरै मात्र अन्तर रहेको थियो । २००७ मा मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति थिए र अनिल अम्बानी पनि यो सूचीमा तेश्रो नम्बरमा थिए । अहिलेको अवस्थामा मूकेश अम्बानी एशियाकै धनी तथा विश्वकै टप १० धनीभित्र रहेका छन् भने अनिल अम्बानी भने यस्ता कुनै पनि सूचीमा छैनन् । सन् २००२ मा धिरुभाई अम्बानीको मृत्युपछि यी दुई भाईबीच कलह सुरु भएको थियो र २००५ मा सम्पत्ति बाँडफाँड भएको थियो । २००७ मा अनिल अम्बानीको कुल सम्पत्ति ४५ अर्ब डलर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com