ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार बाहिर रहे पनि मुलुकको हितमा लागिरहन्छु : खतिवडा (प्रमुख कार्य तथा उपब्धिहरु सहित)


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सात महीनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गर्नुभएको छ । यस अवधिमा आफूलाई सहयोग गर्ने मन्त्रालयसम्बद्ध राष्ट्रिय समाचार समितिलगायत निकाय प्रमुख, विभागीय प्रमुख र कर्मचारी वर्गलाई उहाँले धन्यवाद दिनुभएको छ ।

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकपछि सञ्चार मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सम्बद्ध निकाय एवं विभागीय प्रमुखसंँगको भेटघाटमा आफूले आजैदेखि मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी गराउँदै उहाँले यस अवधिमा सबैसंँग व्यक्तिगतस्तरमा राम्रोसँंग परिचित हुने अवसर पनि नमिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास गरी अर्थ मन्त्रालय तथा सञ्चार तथा सूचना मन्त्रालयको कार्यभार सुम्पनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी छु । एक अध्येताका हैसियतले मैले सामान्य जानकारी राख्ने गरे तापनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी मेरा लागि अनपेक्षित थियो ।”

मन्त्री डा खतिवडाले तोकिएका कामहरू विद्यमान कानूनबमोजिम पारदर्शी किसिमबाट सम्पन्न गर्न प्रमुखहरूलाई आग्रह गर्नुभयो । उहाँले शिक्षा, विज्ञान, कृषि लगायत क्षेत्रमा सूचना प्रविधिको उपयोग अब अपरिहार्य रहेकाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल तुल्याउन सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालय धेरै जनसरोकार भएको मन्त्रालयका रूपमा आफूले पाएको जनाउँदै मन्त्री डा खतिवडाले यसमा धेरै अदृश्य र असीमित स्रोत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड –१९ ले हामीलाई कठिन अवस्थामा पार्नुका साथै केही अभूतपूर्व अवसर पनि प्रदान गरेको छ, पहिले फेशनका रुपमा रहेका अनलाइन शिक्षा र टेलिमेडिसिन अब हाम्रा लागि यथार्थ बन्दै गएका छन् ।”

“सिंहदरबारभित्रैको एक निकायबाट पठाइएको चिठ्ठीपत्र अर्को निकायमा किन ढिलो पुग्छ ? शासकीय प्रबन्ध र सूचना प्रविधिको प्रयोग गरियो भने यस्तो अवस्था रहँदैन”, मन्त्री डा खतिवडाले भन्नुभयो, “तोकिएका काममा शीघ्रता ल्याउनोस्, यस्ता समस्याहरु हल हुन्छन् ।”
मन्त्री डा खतिवडाका अनुसार उहाँले अर्थमन्त्रीका रूपमा दुई वर्ष छ महीना केही दिन र सञ्चारमन्त्रीका रूपमा सात महीना काम गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com