ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानिसलाई बाँदरसँगै पिँजडामा राखेकोमा न्यूयोर्कको चिडियाखानाले १०० वर्षपछि माफी माग्यो


एबीसी न्यूज
भाद्र १७, २०७७ बुधबार  १ : २० बजे

काठमाडौं, १७ भदौ  । बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ।

वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सन् १९०६ मा बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा माफी मागेको हो। सोसाइटीले यसअघि यो विषयलाई बेवास्ता गर्दै आएको थियो।

सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारको युरोप र अमेरिकामा निकै चर्चा भएको थियो। उक्त प्रकरणलाई सोसाइटीले सय वर्षसम्म ढाकछोप गर्न खोजेको थियो।

उसले वास्तविकभन्दा मिथ्या विवरण दिएको र गलत विवरणलाई पनि वर्षौंसम्म नसच्याएको देखिन्छ। चिडियाखानाले सन् १९०६ मा एक पत्रमा बेङ्घा चिडियाखानाको कर्मचारी रहेको मिथ्या विवरण दिएको देखिन्छ। दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो।

ओटो बेङ्घा को थिए ?

‘स्पेक्टेकलः द एस्टनीसीङ लाइफ अफ अटो बेङ्घा’ पुस्तकका अनुसारस्

त्यसबेलाको बेल्जीयन कङ्गोबाट अमेरिकी व्यापारी स्यामुएल भेर्नरले सन् १९०४ को मार्चमा उनलाई बन्धक बनाएका थिए। उनको वास्तविक उमेर यकिन छैन। उनी १२ वा १३ वर्षका भएको अनुमान गरिन्छ।

पानीजहाजबाट उनलाई न्यू ओर्लिन्स पुर्याइएको थियो र त्यो वर्ष सेन्ट लुइसमा आयोजित मेलामा प्रदर्शनीमा राखिएको थियो।

जाडो महिनामा चलेको मेलामा उनी र अन्य आठ जनालाई पर्याप्त कपडा र अवासबिना राखिएको थियो।

सेप्टेम्बर १९०६ मा उनलाई न्यूयोर्कको ब्रंक्स चिडियाखानामा उनलाई २० दिन प्रदर्शनीमा राखिएको थियो।

बन्धक बनाएकोमा इसाई धार्मिक नेताबाट विरोध भएपछि उनलाई न्यूयोर्कको एक आश्रयस्थलमा राखिएको थियो।

सन् १९१० ज्यानुअरीमा उनी भर्जिनिया पुगेका थिए।

सन १९१६ मा उनले आत्महत्या गरेका थिए।

सन् १९७४ मा उक्त चिडियाखानाका क्युरेटर विलीयम ब्रिजेजले त्यसबेला के भएको थियो ठ्याक्कै थाहा नभएको दाबी गरेका थिए। आफ्नो पुस्तकमा उनले लेखेका थिए, “अटो बेङ्घालाई के आश्चर्यजनक वा दुर्लभ जनावर जसरी प्रदर्शनीमा राखिएको थियो ?”

बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com