ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी प्रकोपको एक भविष्यवाणी


एबीसी न्यूज

रोजर कोहेन
रोजर कोहेन

यो महिना हेनरी किसिन्जरले हाल फ्रान्सको विदेश मन्त्रालयका महासचिव तथा अमेरिकाका लागि फ्रान्सका राजदूत फ्रान्कोस देलात्रलाईंसंग सम्पर्क गरे । किसिन्जर अमेरिका र चिन बीच बिग्रिंदो सम्बन्ध र त्यो नियनत्रणको कावु बाहिर जाने पो हो कि भन्ने कुरामा धेरै चिन्तित थिए ।
देलात्रेले पनि यो बिग्रिंदो सम्बन्धका बारेमा स्वय आफू धेरै चिन्तित रहेको बताए ।

अमेरिकि राष्ट्रपति डोलाल्ड ट्रम्पले दिएको अक्टोबर आश्चार्य दक्षिण चीन सागरमा भएको सैन्य घटनासंग सम्बन्धित हुनसक्छ जसलाइ ट्रम्पले अमेरिकी जनतालाई चिनिया राष्ट्रपति सि चिन फिंगको चिनका विरुद्ध अमेरिकी दृढताका प्रदर्शनका रुपमा प्रयोग गर्दछन् । त्यो दृढता सम्भवत जो विडेनको विजयसंगै लोप हुन सक्दछ र पनि उनले हवाइट हाउसको दक्षिणी बुर्जामा गरेको ७० मिनेट लामो भाषणमा ‘चीनले हाम्रो देश लिन सक्दछ’ भन्ने दाबा गरे ।

ट्रम्प लिविस क्यारोलको , ‘दी हन्टीङ अफ दी स्नार्क’ को बेलम्यान जस्तै हुन् । जसले भन्दछन् ‘मैले यो तीन पटक भनेको छु ’ ः ‘मैले तिमिलाई जे तीन पटक भन्दछु, त्यो सत्य हो ’। ट्रम्पको अमेरिकाले ग्रिनल्याण्ड लिने भन्दा बढी चिनले विडेनको अमेरिका कुनै पनि हालतमा लिने छैन । देलात्रेले आजभोली युरोपेली हुनु भनेको एक्लिनु हो भन्ने कल्पना गर्दछन् । रुस र चीन दुबै शत्रुवत भएका छन् । उदीयमान शक्तिहरुले युद्ध पश्चातका विकृत संगठनहरु र तिनिहरुलाई परिवर्तन गर्न चाहन्छन् । जाहांसम्म अमेरिकाको कुरा छ, यो उनुत्तरित छ ।

बढ्दोरुपमा युरोपेलीहरु यदि ट्रम्प पुन निर्वाचित भए भने अमेरिकाको अडान रहनु पर्दछ भन्दछन् जुन शव्द अमेरिकी कुटनैतिक जर्ज केनानले तत्कालीन सोभियत कम्युनिष्टकाप्रति अमेरिकाको शीत युद्ध नीतिको परिभाषा दिन पहिलो पटका सृजना गरेका थिए । यो एक दिक्क लाग्दो विकास हुनेछ र दिक्क लाग्ने बाहेक अरु केही कुरा हुनेछैन । विश्वमै यस्तो छैन जहांका राष्ट्रपतिका झुठहरु तीन पटक वा त्यो भन्दा बढी नदोहोरिउन र सत्य हुन नसकुन् । रिपब्लिकनको राष्ट्रिय महाधिवेशन पश्चात होइन जतिखेर अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले संघीय कर्मचारीहरु कार्यरत रहेकै अवस्थामा राजनीतिक गतिविधिहरुमा संलग्न हुन निषेध गरेको हयाच कानुनको खुला विरोधमा राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिले’ भन्ने दुर दृष्टिको प्रशंसाको गीत जेरुसलेमको खुल्ला छानाबाट भद्धा तरिकाले गाए ।

अहिले सम्म भएका विदेशमन्त्रीहरु मध्ये माइक पोम्पियो सबै भन्दा भ्रष्ट हुन् भनेर मलाई अमेरिकन ईन्टरप्राईज इन्स्टििच्युटका आवासीय विद्धान नर्मन ओन्स्टाइनले मलाई बताए । ट्रम्पले अमेरिकी प्रजातन्त्र ध्वस्त पार्ने दृष्यको तयारी त सम्मलेनको उद्ध्घाटनको दिन उनले ‘उनीहरुले यो चुनावमा धाँधली गरे भने मात्र हामीसंगबाट खोस्न सक्नेछन् भन्ने ’उनको भाषणबाट बुझ्न सकिन्छ । त्यस्तै पोम्पियोकै ढाँचामा पद स्विकार गर्ने कार्यक्रममा हवाईट हाउसको कमाण्ड सम्हाले र राजनैतिक उद्धेश्यका लागि चेतावनी दिए ‘यदि बामपन्थीले शक्ति प्राप्त गरे भने गाउंले शहरहरु विकास गर्नेछन् । ’ट्रम्पले रिपव्लीक पार्टीलाई व्यरिक्तपूजामा बदलि दिए । उनीमाथि लागेको महाभियोगबाट जोगिए पछि त कुनै अवस्थामा आफु निस्कन सक्ने सार निकालेका छन ट्रम्पले ।

मैले अभिनय गर्न अभ्यस्त नभएका ओन्स्टाइनलाई चुनाव हुन बाँकी रहेका ६७ दिनमा अमेरिकी प्रजातन्त्रमाथिको खतरामा कति वास्तविकता छ भनेर सोधे । अमेरिकी शसश्त्र बलले उच्च स्तरको चुनौति रहेको भन्ने भनाईलाई उद्धृत गर्दै उनले भने यदि तपाईं हामी डेफकनमा नभएको भए त्यो चुनौतीसंग धेरै नजिक हुन्छौ ।

युरोपेलीहरुलाई यो संकट कसरी जान्छ भन्ने कुरा थाहा छ । हंगेरीका दक्षिण्पन्थी प्रधानमन्त्री भिक्टो ओर्वानले तानाशाही शासन प्रणालीको टेम्प्लेट स्थापना गरेका छन् । यदि ट्रम्प पुन निर्वाचित भए भने स्वतन्त्र न्यायपालकिालाई अक्षम बनाउनेछन्, आप्रवासीहरुलाई कष्ट दिनेछन्, जनताका ईच्छालाई संबैधानिक रोक र सन्तुलनका नाममा कुल्चिने छन्, स्वतन्त्र संचारमाथि नियन्त्रण गर्नेछन् ,मिथकीय राष्ट्रिय बाहादुरीको बखान गरिनेछ, र ओर्वान वा भ्लाद्मीर पुटिन वा टर्कीका ईर्दोगानले जस्तै निरंकुश प्रजातन्त्रको खोलमा निरंंकुशतन्त्रतर्फ लैजानेछन् ।

यथार्थमा, वास्तवमा ट्रम्पले धेरै पहिलेदेखि नै यो मार्ग अवलम्बन गरिसकेका छन् । महान्याधिवक्ता विलियम बारको न्याय विभागलाई आफ्नो गोजीमा राखेका छन् । उनी ३०० भन्दा बढी संघीय न्यायाधिशहरु नियुक्त गर्ने भाषण दिंदै हिंडेका छन् ।

वासिङ्गनपोष्टका मालिक जेल्फ बेजोस माथि उनको नजर परिसकेको छ । मतदाताको दममा उनी निकै ठूलो कसरत गरिरहेका छन् र डाँक बाट पठाइने वैधानिक मतपत्रहरुलाई अयोग्य बनाउन लागिपरेका छन् । राष्ट्रपतिले डांकबाट(हुलाकाबाट) आउने मतपत्रहरुलाई ढाँट र छली काम भन्ने आरोप समेत लगाएका छन् र त्यस्ता मतपत्रहरु विदेशहिरुले छाप्ने बताएका छन् । मैले तीन पटक जे भन्दछु त्यो सत्य हुन्छ भन्दै विडेनले जितेमा देश विनासतर्फ जान्छ भन्ने भनाई बारम्बार दोहोराई रहेकाछन् भने आफुले लिंकन राष्ट्रपति भए यता अफ्रिकन अमेरिकनहरुलाई राम्रो गर्ने राष्ट्रपति आफु भएको दावा गरिरहेका छन् । ’ट्रम्पले न्युयोर्कका सरकारी वकीलहरुबाट बच्ने र जेल सजायलाई घटाउने नाटक मञ्चन गरीरहेका छन् । सर्भेक्षणहरुले डाँकबाट मतदान गर्ने छद्मभेषी डेमोक्रयाटहरु छद्मभेषी रिपब्लिकनहरु भन्दा धेरै बढी छन् । त्यसैले ’ट्रम्पले डाँक मतदानमा प्रयोग हुने सर्टिङ मसिनलाई हटाउने नाटक गर्दैछ्न ।

विडेन नजिकका अधिकारीहरुले यस्ताखाले अनेकौ शाकुनिक (षडयन्त्रकारी) दृष्यहरुलाई नियालिरहेका छन् । चुनावी युद्ध मैदानमा नउत्रिंदै चुनाव जित्छु भन्ने राज्यहरुको गणना भएको छ र त्यो गणनाले धेरै दिन वा हप्ता पनि लिन सक्दछ । किनकि अनुपस्थित मतदाताको विवरण लिन कठिन छ । बारद्धारा समर्थित ’ट्रम्पले विदेशी सरकारहरुले नक्कली डांक मतपत्र निकाल्ने दावी गर्दै नक्कली काम रोक्ने नाममा आफुलाई विजयी बनाउनका लागि शसस्त्र बललाई प्रयोग गर्ने प्रयास गनेछन् । ’ट्रम्पले एक वा बढी राजयमा प्रतिस्पर्धामा उत्रिए भने न विडेन न ’ट्रम्पले नै आवश्यक २७० इलेक्टोरल भोट प्राप्त गर्न सक्नेछन् र चुनावी संसदमा रिपब्लिकन बहुमत प्रतिनिधिद्धारा प्रति राज्य एक मतका हिसावले तय गरिनेछ ।

विडेनले एक छत्ररुपमा जित्दैनन् भन्ने छैन र मैले अन्यथा होला भन्ने पनि देख्दिन र युरोपले अमेरिकाले किसिन्जर देलात्रेको जस्तै चाहना राखोस् भन्ने अडान चाहनेछ । तर म चिनका बारेमा चिन्तित छु । चिनिया राष्ट्रपति सि जिन पिङ्गको आवश्यकताको ढाँचा उनले राष्ट्रपतिको कार्यकाल छोटो बनाएर आजीवन सम्राट बन्न सके हुनेथियो भन्ने सरोकार चासो मलाई थाह छ ।

(लण्डनमा जन्मिएका रोजर कोहेन दी न्युयोर्क टाईम्सका नियमित स्तम्भकार हुन, यो लेख सोमबार अगस्त ३१ मा नेपाल संस्करणमा छापिएको छ, कृष्ण पौड्यालबाट अनुदित)

नेपाल पेजबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com