ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा सुरक्षा सतर्कतामा वृद्धि


admin
मंसिर १९, २०७४ मंगलबार  २ : १८ बजे

सप्तरी, १९ मंसिर । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको यही मंसिर २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

मतदान केन्द्र तथा मतदाता र नेता तथा कार्यकर्ताको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्लाका सम्बन्धित मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी सुरक्षा निकाय र मतदानको सामग्री पुगिसकेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार चार प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्लामा तीन लाख ४६ हजार २१४ मतदाता रहेको बताइएको छ ।

चारै प्रतिनिधिसभा क्षेत्रमा ५५ तथा आठ प्रदेशसभा क्षेत्रमा ९७ गरी १५२ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका कूल २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशीलताको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । यसैबीच मौनअवधिमा पनि राजनीतिक दलले घरघरमा पुगेर मत माग्ने काम जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com