ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा निर्वाचनको सम्पूर्ण तयारी पूरा


admin

वीरगञ्ज, १८ मंसिर। मंसिर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पर्सा जिल्लामा पूरा भएको निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकामा ३५१ मतदान केन्द्र र १६७ मतदानस्थल रहेको छ भने आउँदो २१ गते हुने निर्वाचनलाई आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी आ–आफ्नो मतदान केन्द्र तथा मतदानस्थलतर्फ जाने क्रम जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताउनुभयो ।

मतदान केन्द्रमा तीन हजार ५०० कर्मचारी खटाएको प्राप्त समाचारमा जनाइएको छ । सो निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले राससलाई बताउनुभयो ।

एक लाख २४ हजार ४०९ महिला तथा १६ जना तेस्रो लिंगीसहित पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

प्राप्त तथ्यांकअनुसार पर्सा क्षेत्र नं १ प्रतिनिधिसभाको लागि ६७ हजार ४०५ मतदाता रहेका छन् भने सोही क्षेत्रको प्रदेशसभाअन्तर्गत क मा ३२ हजार ५५९, ख मा ३४ हजार ८४६ मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभामा ७३ हजार १२ मतदाता छन् भने प्रदेशसभाअन्तर्गत ‘क’ मा ३५ हजार ६४४ र ‘ख’ मा ३७ हजार ३६८ मतदाता रहेका छन् ।

यस्तै पर्सा क्षेत्र नं ३ मा प्रतिनिधिसभाअन्तर्गत ७४ हजार १६६ मतदाता रहेको छ भने प्रदेशसभाको ‘क’ मा ३६ हजार ७८१ र ‘ख’ मा ३७ हजार ३८८ मतदाता रहेका छन् ।

त्यस्तै क्षेत्र नं ४ को प्रतिनिधिसभामा ७४ हजार ४७१ मतदाता छन् भने प्रदेशसभाअन्तर्गत ‘क’ मा ३५ हजार ९७३ र ‘ख’ मा ३८ हजार ४९८ मतदाता रहेका छन् ।

पर्सा जिल्लामा चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभाको लागि १७६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसअन्तर्गत चार प्रतिनिधिसभाका लागि ६४ जना र आठ प्रदेशसभाको लागि १४४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

प्राप्त तथ्यांकअनुसार पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको लागि २२ जना, प्रदेशसभाको लागि २४ जना, क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि १४ जना र प्रदेशसभाको लागि ३४ जना, क्षेत्र नं ३ मा प्रतिनिधिसभाको लागि १४ जना र प्रदेशसभाको लागि ४३ जना तथा क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १३ जना र प्रदेशसभाको लागि ४० जना उम्मेदवार मनोनयन दर्ता गराएको छ ।

कुल मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ७८ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । जसमध्ये दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

आज मध्यरातदेखि मौन समय शुरु हुने भएपछि आआफ्नो उम्मेदवारी दिएका राजनीतिक दलका नेताहरु अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियानलाई मूर्तरुप दिएका छन् ।

प्रचारप्रसारको क्रममा उम्मेदवार मधेशीको हकअधिकार सुनिश्चित गराउने, बेरोजगारी हटाउने, स्थायी शान्ति स्थापना गर्ने, देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै यस्ता काम पूरा गर्न पर्सावासीसमक्ष आइपुगेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com