ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला


admin

झापा, १८ मंसिर ।  दोस्रोचरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।

आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् । मौन अवधि शुरु हुनै लाग्दा झापा क्षेत्र नं ३ को चर्चा अझ बढी चुलिएको छ ।

क्षेत्र नं ३ मा काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ । उहाँहरु अहिले मतदाता फकाउन अन्तिम कसरतमा जुट्नुभएको छ ।

झापामा करिब रु तीन अर्ब ५० करोड बजेट आफ्नो क्षेत्रमा भित्र्याएर विकास निर्माणको लहर ल्याएकाले आफ्नो जित सुनिश्चित रहेको काँग्रेसका पूर्व महामन्त्री एवं यस क्षेत्रका उम्मेदवार सिटौला बताउनुहुन्छ ।

राप्रपाका महामन्त्री लिङ्देन आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “गठबन्धनका कारण म सहजै जित्छु ।”

देशव्यापी रुपमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै काँग्रेसले पनि राप्रपासँग गठबन्धन गरेको थियो । तर, झापामा त्यो गठबन्धन टिक्न नसक्दा राप्रपालाई वाम गठबन्धनले साथ दिएको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलासँग लिङ्देन पराजित हुनुभएको थियो । यसपटक सिटौलालाई पराजित गर्दै लिङ्देन बदला लिने सोचमा हुनुहुन्छ । सिटौला भने आफ्नो विरासत जोगाउने अन्तिम कसरतमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com